२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाविरुद्ध अग्रभागमा खटिने २५ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि तीव्र रुपमा बढीरहेको छ। संक्रमणको दर वृद्धि भएसँगै अग्रभागमा खटिने सुरक्षाकर्मीमध्ये प्रदेश नं. १ मा २५ जना संक्रमित भएका छन् ।  

पेशागत जिम्मेवारी बहन गर्ने क्रममा २० जना जनपथ र पाँच जना सशस्त्र प्रहरी संक्रमित भएका हुन् । जनपथ तर्फ २० मध्ये मोरङमा पाँच, झापा आठ, सुनसरी पाँच , धनकुटा  र उदयपुरमा एक-एक जना संक्रमित भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । संक्रमितमध्ये दुईजनालाई अस्पताल भर्ना गरिएको र दुई जना उपचारपछि घर फर्केको प्रदेश नं. १ का प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार बाँकी सबै प्रहरी कार्यालयको होम आइसोलेसनमा छन् ।  

अस्पताल भर्ना गरिएकामा झापा जिल्लामा कार्यरत प्रहरी जवानलाई मेची अञ्चल अस्पताल र सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक बिराट टिचिङ्मा छन् । दुवै जनाको स्वास प्रसासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।  

‘अहिलेसम्म जे जति संक्रमित भएको पुष्टि भएको छ, सवै जना लक्ष्यण देखिएका हुन,’ एसपी श्रेष्ठले भने, ‘शंका लागेको मात्र परीक्षण गरिएको छ। अन्यको गरिएको छैन्।’ उनका अनुसार समूह-समूहको परीक्षण गर्दा अरु पनि थपिने निश्चित छ। प्रदेश नं. १ भरि ११ हजारभन्दा बढी प्रहरी कार्यरत छन् ।  

प्रदेश नं. १ भर शसस्त्र प्रहरी भने पाँच जना संक्रमित भएका छन् । सशस्त्र प्रहरी वल १ नं. मुख्यालय बराह बाहिनी पकलीका अनुसार मोरङमा कार्यरत ४ र उदयपुरका एक  जनामा संक्रमण पुष्टि भएको छ । मुख्यालयका डिआईजी वंशीराज दाहालका अनुसार संक्रमित सवैको अवस्था सामान्य रहेको छ । विशेषगरी, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि बढी मात्रमा सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटिएकाले गर्दा पुरै सावधानी अप्नाइएको छ। ‘बेला बेलामा अनुगमन पनि हुने गरेको छ र चिकित्सक टोलीले आवश्यक सचेतना अप्नाउन सुझाव दिइ रहने गरेको छ,’ दाहालले भने ।  

सशस्त्र प्रहरीले घर विदाबाट फर्किएकाहरुलाई अनिवार्य १५ दिन क्यावरेन्टाइनमा राखेर मात्र डिउटीमा खटाउने गरेको छ। निषेधाज्ञा कार्यान्वयन र सीमा सुरक्षाको लागि प्रदेश नं. १ मा तीन हजार ७ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रदेश नं. १ भर सात हजारभन्दा बढी सशस्त्र प्रहरी छन् ।

प्रकाशित: २४ वैशाख २०७८ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App