२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न नसकेको मन्त्री जोशीको गुनासो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको गुनासो गरेका छन्।

नेपाली कांग्रेस–नेकपा एमालेबीच नयाँ सत्तासमिकरणका लागि समझदारी भएसँगै उनले सो प्रतिक्रिया दिएका हुन्।

बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताए।

उनले आफूले निजामती सेवा ऐनसम्बन्धि विधेयकलाई छिटो पारित गर्न संसदीय समिति र राजनीतिक दलहरुसँग प्रयास गरेको पनि बताए।

मन्त्री जोशीले कर्मचारीहरुको सरुवा छिटो छिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको बताए।

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवसथा हुन नसकेको पनि स्मरण गराए।

प्रकाशित: २० असार २०८१ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App