७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना संक्रमण भयावह बनेपछि नेपालगन्जमा दीप प्रज्वलन

नेपालगन्जमा बिहीबार बेलुकी गरिएको दीप प्रज्वलन । तस्बिर : नागरिक

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण भयावह बनेपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ। कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभका साथै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैको मनोवल बढाउन तथा महामारीमा दिवंगतहरुको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको हो।  

नेपालगन्जवासीले बिहीबार बेलुकी ७ बजेर ३० मिनेटदेखि ८ बजेसम्म आ–आफ्नो घरमा दीप प्रज्वलन गरेका हुन्। दीप प्रज्वलनका लागि पत्रकार एवम् अभियन्ता जयनारायण शाहले नेपालगन्जवासीलाई सार्वजनिक रुपमा आब्हान गरेका थिए। यसअघि बुधबार पनि शाहकै अग्रसरतामा बाँकेका विभिन्न धर्मका धर्मगुरुले आ–आफ्ना धार्मिक स्थलमा एकै समयमा पूजापाठ गरेका थिए। धर्मगुरुले बुधबार बेलुकी ४ बजेर ३० मिनेटदेखि ५ बजेसम्म आ–आफ्ना धार्मिक स्थलमा विशेष पूजापाठ गरेका हुन्।

नेपालगन्जवासीले बिहीबार बेलुकी आफ्ना घरको मुलढोका, बरण्डा, बार्दलीमा दीप प्रज्वलन गरेको शाहले बताए। ‘कोरोना भाइरसविरुद्धको लडाईमा सिंगो बाँके र सबै नेपाली एकजुट भएर दृढताका साथ उभिएका छौं भन्ने सन्देश प्रवाह गर्नका लागि पनि दीप प्रज्वलन गरिएको उनको भनाइ छ। ‘यसले हामी सबैलाई सकारात्मक सन्देश दिनुका साथै सकारात्मक शक्ति प्रदान गर्ने भएकाले दीप प्रज्वलनमा नेपालगन्जवासीले साथ र एक्यवद्धता जनाउनु भयो,’ शाहले भने।

प्रकाशित: २३ वैशाख २०७८ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App