६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणबाट पाँचको मृत्यु

कोरोना संक्रमणबाट बारामा दुई दिनमा पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जितपुर सिमराका दुई जना, महागढीमाई नगरपालिकाका दुई जना र बिश्रामपुर गाउँपालिकाका एक जना रहेको बारा प्रहरीले जनाएको छ।

वीरगन्जको बिभिन्न अस्पतालमा उपचार गराई रहेका संक्रमितहरुको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

वैशाख १९ गतेदेखि नेशनल मेडिकलको कोरोना अस्पतालमा भर्ना भएका महागढीमाई नगरपालिका–२ का ५५ वर्षीय संक्रमित विश्वनाथ साहकोे शनिबार बिहान ११ः५ बजे मृत्यु भएको छ।

साहको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालको इमरजेन्सी वार्डमा राखी स्वाब संकलन गरी पीसीआर गराउँदा बैशाख २० गते  पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि उनलाई आइसोलेसनमा सारिएको र उपचारकै क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

नारायणी अस्पतालमा उपचार गराई रहेका बाराका बिश्रामपुरका शेष बिरा हजनको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो। उनमा पनि वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्ट उनी नारायणी अस्पतालमा भर्ना भएका थिए।

बाराकै जितपुर सिमरा उपमहानगरपालिका–२ का ५५ वर्षीय संक्रमित चित्रबहादुर क्षेत्रीको शुक्रबार राति १० बजे मृत्यु भएको हो। क्षेत्री वैशाख ८ गते नारायणी अस्पतालमा भर्ना भएका थिए।

शुक्रबार जितपुर सिमराका ४५ वर्षीय सुनिल कुमार सिँहको र महागढीमाई नगरपालिका ८ का हिरा देवीको मृत्यु भएको प्रहरीले जानकारी दिए।

कोरोना भाइरसको दोस्रो लहर चलेयता बाराको विभिन्न स्थानीय तहमा गरेर २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बाराका कोरोना भाइरस फोकल पर्सन शंकर गुप्ताले बताए।

प्रकाशित: २५ वैशाख २०७८ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App