६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

२४ घन्टामा ४ हजार २२ जनाले जिते काेराेना

आइतबार देशभर ४ हजार २२ जनाले कोरोना संक्रमणलाई जित्न सफल भएका छन्। यस्तै आज देशैभर ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ८८ हजार १ सय ६० रहेको छ। जसमध्ये ८१ हजार ४ सय ३० होम आइसोलेसनमा छन्। ६ हजार ७ सय ३० भने संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरि ८ सय ३२ जना आइसियूमा र २ सय ६७ जना भेन्टिलेटरमा छन्।  

आज काठमाडौ उपत्यकामा पुष्टी भएका ४ हजार १ सय ९८ जनामध्ये काठमाडौमा ३ हजार १६२ जना, ललितपुरमा ५ सय ४ र भक्तपुरमा ५ सय ३३ रहेको छ।

प्रकाशित: २६ वैशाख २०७८ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App