४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

अस्थायी कोभिड –१९ अस्पताललाई नगद तथा सामग्री प्रदान

कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दो छ। स्वास्थ्यकर्मी अभाव, स्वास्थ्य उपकरणको अभावका कारण संक्रमित व्यक्तिको उपचारमा समस्या भएको छ। समस्यालाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैक उपक्षेत्रीय कार्यालय धादिङले नगद सहयोग गरेको छ। कोरोना संक्रमण व्यवस्थापनका लागि अक्सिजन भर्न तथा दुवानीका लागि नगद ८० हजार रुपैंया सहयोग गरेको उपक्षेत्रीय प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

उक्त रकम मुक्तिनाथ विकास बैंक धादिङ शाखाका प्रमुख विनोद खतिवडाले धादिङ अस्पताल विकास समितिलाई हस्तान्तरण गरेका हुन्। धादिङ अस्पतालले सदरमुकाममा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि बैकले सहयोग गरेको हो।

त्यस्तै धादिङ उद्योग वाणिज्य संघले पनि नगद १५ हजार सहयोग गरेको छ।

जिल्लाका नागरिक समाज संस्थाहरुले अस्पताललाई झुल ६० थान, थर्मस १० थान, पानी तताउने भाडो १० थान प्रदान गरेको छ।

अस्पतालमा ४२ जना कोरोना संक्रमित उपचाररत छन्। त्यस्तै अस्पताललाई निलकण्ठ ८ साघुँटारका राम श्रेष्ठले पिउने पानी, ढोलाली खाद्य स्टोरबाट इन्द्रकुमार श्रेष्ठले ६ हजार ५ सय बराबरको खाद्य सामग्री सहयोग गरेको छ। 

प्रकाशित: ३० वैशाख २०७८ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App