coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

शव व्यवस्थापनका लागि चाहिने सामग्री अस्पतालले निःशुल्क दिने

कर्णाली प्रदेश अस्पतालले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि चाहिने सामाग्रीहरु निःशुल्क उपलब्ध गराउने भएको छ।

शव व्यवस्थापनका लागि मृतकका आफन्तहरुले सास्ती भोगिरहेका बेला प्रदेश अस्पतालले आवश्यक सामाग्रीहरु अस्पतालबाटै निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।

अस्पतालका निर्देशक डा. डम्वर खड्काले कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएमा शव व्यवस्थापनका आवश्यक पर्ने मट्टीतेल, कैची, डोरी, प्लाष्टिकलगायतका सामग्रीहरु निःशुल्क उपलब्ध गराइने बताए। ‘निषेधाज्ञाको समय यी सामग्रीहरु बजारमा गएर किन्न पनि समस्या छ,’ डा. खड्काले भने, ‘उल्लेखित सामग्रीहरु अस्पताल व्यवस्थापनले निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छौं।’  

अस्पतालमा कोरोना संक्रमितको मृत्यु भए शवको व्यवस्थापनका लागि दुई लिटर मट्टीतेल, कैची, डोरी, प्लाष्टिकलगायतका सामग्रीहरु आफन्तहरुले किनेर नेपाली सेनालाई उपलब्ध गराउनुपर्ने बाध्यता थियो।

प्रकाशित: ३ जेष्ठ २०७८ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App