८ वैशाख २०८१ शनिबार

कर्णाली अस्पताल प्रकरणः शव नै नबुझी घर फर्किए आफन्त

दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ।

युवतीको मृत्युपछि प्रदेश अस्पताल तनावग्रस्त, ३ दिन बित्दा पनि शव उठेन

पाठेघर सफा गराउन पुगेकी एकजना यूवतीको ज्यान गएपछि शुक्रवारदेखि सुर्खेतस्थित प्रदेश अस्पताल तनावग्रस्त बनेको हो।

डढेलोमा परी घाइते नन्दरामको उपचारको क्रममा मृत्यु

कालिकोटको खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ।

प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य

भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्।

कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मृर्गौला प्रत्यारोपण

पश्चिम नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृर्गौलाको सफल प्रत्यारोपण भएको छ।

प्रदेश अस्पतालमा अब अतिरिक्त सेवा

प्रदेश अस्पतालले विशेषज्ञ सेवा अन्तर्गत विहान सात बजेदेखि नौ बजेसम्म बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, छाला, सौन्दर्य तथा यौनरोग, मानसिक रोग सेवा उपलब्ध गराउने छ।

कोरोनाबाट मृत्यु भएका डाक्टरको सम्झनामा सालिक निर्माण

कोरोना संक्रमित नागरिकहरुको उपचार गर्दागर्दै आफै संक्रमित भएर मृत्यु भएका कर्णाली प्रदेश अस्पतालका डाक्टर हरि सापकोटाको सम्झनामा सालिक निर्माण गरिएको छ। अस्पताल प्रशासनले डा. सापकोटाको नामबाट अर्थोपेडिक वार्डको नामाकरण गरेको छ।

एक करोड बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफले एक करोड बराबरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ।

प्रदेश अस्पताललाई संघ मातहत लिने निर्णयको कांग्रेसद्वारा विरोध

नेपाली कांग्रेसले प्रदेश सरकार मातहतको कर्णाली प्रदेश अस्पताललाई संघमा लिने निर्णयप्रति आपत्ति जनाएको छ। २०७५ सालमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश मातहत ल्याइएको थियो।

शव व्यवस्थापनका लागि चाहिने सामग्री अस्पतालले निःशुल्क दिने

शव व्यवस्थापनका लागि मृतकका आफन्तहरुले सास्ती भोगिरहेका बेला प्रदेश अस्पतालले आवश्यक सामाग्रीहरु अस्पतालबाटै निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्