२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

विकल पौडेल र उनकी श्रीमतीविरुद्ध ६८ करोड बिगोसहित मुद्दा

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसूरमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

बुधबार दायर गरिएको मुद्दामा पर्वतको साविक कटुवाचौपारी–४ स्थायी ठेगाना भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ बस्दै आएका ४३ वर्षीय विकल पौडेल र उनकी पत्नी एलिना बस्नेत प्रतिवादी बनाइएका छन्।

विभागका अनुसार अनुसन्धानका क्रममा उनीहरूले ठूलो परिमाणमा विदेशी विनिमय अपचलन गर्दै अवैध कारोबार गरेको खुलेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा ६२ करोड ६५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको विभागका निर्देशक सचितकुमार वाइवाले जानकारी दिए ।

तर विस्तृत अनुसन्धानपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप मूल्यांकन गर्दा विकल पौडेलतर्फ ६१ करोड १३ लाख रुपैयाँभन्दा बढी र एलिना बस्नेततर्फ ७ करोड ८१ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको विभागले जनाएको छ।

यससँगै कुल बिगो रकम ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

विभागले प्रतिवादीहरूमाथि बिगोको दोब्बर जरिवाना, कैद सजाय तथा अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्न मागदाबी गरेको जनाएको छ।

अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत वैशाख १६ गते काठमाडौं जिल्ला अदालतमा दायर गरिएको हो।

यो पनि पढ्नुहोस्

प्रिन्टिङ मेसिन खरिदमा विकल पौडेललाई २ वर्ष कैद, १३ करोड ५८ लाख जरिवाना

विकल र सफललाई आठ वर्ष कैद 

प्रकाशित: १६ वैशाख २०८३ २०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App