६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

२४ घण्टाभित्र बाँकेमा १४ संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरिँदै। तस्बिर: नागरिक

बाँकेमा पछिल्लो २४ घण्टाभित्र १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार अपराह्नदेखि बिहीबार अपराह्नसम्म बाँकेका ९ र बाहिरी जिल्लाका ५ जनाको मृत्यु भएको हो। केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार कोहलपुर–१ बाँकेका ३८ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको बिहीबार मृत्यु भएको हो। मेडिकल कलेजमा वैशाख २५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि वैशाख २९ गते उनी शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए।

बैजनाथ–६ बाँकेका ६२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ। भेरी अस्पतालमा उनको बिहीबार बिहान १० बजेर ३० मिनेटमा मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख २६ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि २८ गते भेरी अस्पतालमा भर्ना भएका थिए। टीकापुर–७ कैलालीकी ५६ वर्षीया महिला तथा नेपालगन्ज–२० बाँकेका ५० वर्षीय पुरुष तथा नेपालगन्जकै २९ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।  

कोभिड फोकल पर्सन ओलीका अनुसार तुलसीपुर–५ दाङकी ३५ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको हो। यसैगरी बैजनाथ–६ बाँकेका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ। शिक्षण अस्पताल कोहलपुरमा र नेपालगन्ज–१२ बाँकेकी ७५ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा बिहीबार मृत्यु भएको छ। त्यस्तै नरैनापुर–५ बाँकेका ४२ बर्षीय पुरुषको मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको बिहीबार बिहान २ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। त्यस्तै, डुडुवा–३ बाँकेकी ५० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको बुधबार राती १ बजे मृत्यु भएको हो। यही बैशाख २८ गते मेडिकल कलेजमा शिक्षण अस्पताल नेपलागन्जमा भर्ना भएकी उनको भोलिपल्ट पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। गुलरिया–८ बर्दियाकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ।

भेरी अस्पतालमा बुधबार राति मृत्यु भएको हो। यस्तै, तुलसीपुर–६ दाङका ४३ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको छ। यसैगरी, राजापुर–६ बर्दियाकी ५६ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो। अर्की नेपालगन्ज–१ बाँकेकी ४३ वर्षीया महिलाको पनि भेरी अस्पतालमा बुधबार मृत्यु भएको छ।

प्रकाशित: ३१ वैशाख २०७८ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App