६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अक्सिजन भनसूनको आधारमा हाेइन आवश्यकताका आधारमा दिनूः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको कारण अभाव भएको अक्सिजन भनसूनको आधारमा नभई आवश्यकताका आधारमा दिनका लागि निर्देशन दिएका छन्।

प्रधानमन्त्री पदको सपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका लागि सरकारले सबै संयन्त्रको परिचालन गर्ने बताउँदै भने,‘अक्सिजन भनसूनको आधारमा हैन, बिरामीको आवश्यकताका आधारमा दिनुपर्छ।’

उनले आफू नेतृत्वको सरकार देश र जनताप्रति दृढ वफादार भई काम गर्ने र सपथका वाक्यको पूर्ण पालना गरेर काम गर्ने बताउँदै अक्सिजनको आपूर्तिमा सम्झौता गर्न नपाइने बताए।  

'हाम्रा कुनै पनि अक्सिजन उत्पादन गर्ने कारखाना पूर्ण रुपमा चल्नुपर्छ, यसकारण चलेन भन्न पाइँदैन,’ उनले भने।

देशमा अस्थिरता चाहने तत्वहरुले सरकार बनाउन नसक्नु र अरुले सरकार गठन गर्नुलाई पनि प्रतिगमन भएको भन्ने गरेको भन्दै प्रतिगमन भयो भनेर भ्रम फैलाउनेहरु नक्कली र तथाकथित क्रान्तिकारी भएको बताए।

सो अवसरमा उनले नवनियुक्त मन्त्रीहरुलाई कोभिडको रोकथाम र उपचारका लागि एकजुट भई काम गर्न पनि अनुरोध गरे।

प्रकाशित: ३१ वैशाख २०७८ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App