६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा कार दुर्घटना, सातजना घाइते

नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार शनिबार साँझ दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा १८च २५११ नम्बरको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ।

झापा दमक नगरपालिका–१० घरभएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कारमा सवार तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइतेहरूको नाम र ठेगाना अझै आउन बाँकी रहेको जिल्ला प्रहरी परीसर भक्तपुरका प्रहरी नायव उपरीक्षक मोहनमाणि अधिकारीले जानकारी दिए।

प्रकाशित: ५ आश्विन २०८१ २३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App