२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अनशनरत अभियान्ताका माग सम्बोधन गर्न आग्रह

विभिन्न क्षेत्रका आठजना व्यक्तिले इनफ इज इनफका अभियान्ताका माग छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। आइतबार विभिन्न राजनीतिक दलका नेतासहितका आठजनाले संयुक्त विज्ञप्ति जारी गर्दै ह्याम्स अस्पतालमा अनशनरत अभियन्ताद्वय ई. र पुकार बमको जीवन रक्षा गर्न सरकारसँग माग गरेका हुन्। उनीहरूले सरकारको असक्षमता र निर्णयहीनताका कारण कुनै अप्रिय स्थिति उत्पन्न हुनपुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

इमानलाई सामाजिक विकास पुरस्कार प्रदान

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका सामाजिक अभियान्ता इमान राईलाई नारायणप्रसाद जोशी सामाजिक विकास पुरस्कार प्रदान गरिएको छ ।

पुल निर्माण लक्ष्यको आधा

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकामा सडक चौडा अभियानको सुरुवात गरे। त्यसैको परिणामस्वरुप २०७१ सालमा माइतीघर–तीनकुने ६ लेनको सडक तयार भयो। ६ लेनको उक्त सडक चिटिक्क र आकर्षक छ। सडकको बीचमा रोपिएका बोटबिरुवा हुर्किएर मनमोहक देखिने भइसके।सडक चौडा भए पनि तीनकुने बाग्मती पुलनजिक पुगेपछि भने बाटो फेरि साँघुरिन्छ।

चर्पी बनाउन सङ्घर्ष

खोल्सामा टिनले बारेको खुला चर्पी प्रयोग गर्दै आएको गाउँमा व्यवस्थित आधुनिक चर्पी बनाउनु सामान्य कुरा थिएन। चर्पी अभियान सफल बनाउन ठूलै पापड बेल्नुप-यो। ठूलै लडाईं जित्नु प-यो।

विश्व हिन्दु महासंघ जातीय विभेदविरुद्धको अभियानमा सामेल

कानुनी र सामाजिक रुपमा अमानवीय र अपराधिक मानिएको जातीय भेदभाव अन्त्य नभएपछि विश्व हिन्दु महासंघले विभेदविरुद्ध अभियान चलाउने प्रतिवद्धता जनाएको छ । हिन्दु धर्मका आधारमा नेपाली समाजमा संरचनागत भेदभाव भएकाले यसको अन्त्यका लागि धर्मगुरु र अगुवाबाट गर्ने प्रतिवबद्धता कार्यक्रम सुरु गरिएको हो ।

कोभिड–१९ विरुद्धको अभियानमा ताप्लेजुङका स्थानीय तहको २ करोड ६५ लाख बढी

ताप्लेजुङका स्थानीय तहले कोभिड–१९ का विरुद्धको अभियानमा क्वारेन्टिन निर्माण, व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्रीसहितको खरिदका लागि २ करोड ६५ लाख ५७ हजार ६६४ रुपैयाँ बराबर खर्च गरेका छन् ।

दादुरा–रुबेला खोप अभियान पुनः सुरु

कोरोना भाइरसको संक्रमको कारण जारी लकडाउनले रोकिएको दादुरा–रुबेला खोप अभियान बैतडीमा पुनः सुरु हुने भएको छ । गत चैत १ देखि १४ गतेसम्म सञ्चालन भएको खोप अभियान चैत ११ गतेदेखि रोकिएको थियो । जिल्लाका चार स्थानीय तहमा खोप अभियान प्रभावित भएको र ती स्थानीय तहमा वैशाख २६ गतेदेखि सुरु गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

कोरोना संक्रमण विरोधी अभियानमा लागेका डाक्टरमाथि हातपात

कोरोनाको संक्रमण रोक्ने अभियानमा सक्रिय भइरहेका बेला जाजरकोट जिल्लाको वारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टरमाथि मदिरा सेवन गरेका स्थानीय युवाहरुले हातपात गरेका छन् ।

मेसमा खाना खुवाउने अभियान

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा खाना खुवाउने अभियान जारी छ ।

इटहरीमा अस्पतालका लागि दबाबमूलक अभियान

मुलुक यतिबेला कोरोना भाइरसको उच्च संक्रमणलाई रोक्नका लागि लकडाउन भएको एक महिना वितिसकेको छ । कोरोनाको त्रास बढ्दो स्थिती छ । यही बेला इटहरीका सर्वसाधारणदेखि नागरिक समाजका अगुवा सुविधा सम्पन्न अस्पताल बनाउन दबाबमूलक अभियान चलाई रहेका छन् ।

विदुरमा 'सुत्केरी घरभेट अभियान' सुरु

घरमा नै सुत्केरी हुने परम्परालाई शून्यमा झार्न स्वास्थ संस्थामा सुत्केरी हुनेलाई विदुर नगरपालिकाले पोषण खर्च प्रदान गर्दै आइरहेको छ।

विदेशबाट फर्केका स्थानीयलाई भेटघाटका लागि घरदैलो

जिल्लाको खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नागरिकसंग भेटघाटका लागि घरदैलो अभियान चलाएको छ। विदेशबाट फर्केका नागरिकको होम क्वारेन्टीनको बसाई, उनीहरूको स्वास्थ्य अवस्था, परिवारको स्वास्थ्य अवस्था लगायतका बारेमा जानकारी लिनका लागि गाउँपालिकाले घरदैलो अभियान चलाएको हो।

उदयपुरका चार स्थानीय तहलाई सेभ द चिल्ड्रेनको सहयोग

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम गर्न उदयपुरका ४ स्थानीय तहलाई दातृ निकाय सेभ द चिल्ड्रेनको साझेदार बाल विकास समाज (सिडिएस) उदयपुरले आवश्यक स्वास्थ्य सामग्री उपब्ध गराएको छ। त्रियुगा र कटारी नगरपालिका तथा ताप्ली र उदयपुगढी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो।

नेतृत्व सामुन्ने चुनौती

६० वर्षको अन्तरालमा नेपाल कम्युनिस्ट पार्टी सामुन्ने विकास र समृद्धि अभियानको चुनौतीसँग जुध्न सक्ने/नसक्ने हाँक आएको थियो।

वडामा कोरोनाविरुद्ध नेकपाको सचेतनामुलक अभियान

कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर आतंक फैलाइरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न ठाउँमा आ–आफ्नै किसिमले अभियान सञ्चालन भइरहेका छन्। कोरोनाको कारण ‘लकडाउन’ नै लागू गरिएको अवस्थामा यसबाट बच्न र बचाउनका लागि सचेतनामुलक अभियानलाई तिब्रता दिनुपर्ने अवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्