१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

दादुरा–रुबेला खोप अभियान पुनः सुरु

बैतडी- कोरोना भाइरसको संक्रमको कारण जारी लकडाउनले रोकिएको दादुरा–रुबेला खोप अभियान बैतडीमा पुनः सुरु हुने भएको छ । गत चैत १ देखि १४ गतेसम्म सञ्चालन भएको खोप अभियान चैत ११ गतेदेखि रोकिएको थियो । जिल्लाका चार स्थानीय तहमा खोप अभियान प्रभावित भएको र ती स्थानीय तहमा वैशाख २६ गतेदेखि सुरु गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, सुर्नया गाउँपालिका, र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भट्टले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयले सञ्चालन गर्न निर्देशन दिएकाले खोप अभियान प्रभावित भएका क्षेत्रमा पुनः अभियान सञ्चालन गर्न तयारी जिल्ला स्वास्थ्य कार्यालयले गरेको हो ।

देशका विभिन्न ठाउँमा दादुरा प्रकोपको रुपमा देखा परेकाले सामाजिक दुरी कायम गर्नुका साथै सुरक्षाका सबै उपाय अपनाएर दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने तयारी भएको हो । बालबालिकालाई दादुरा रुबेला रोग लाग्नबाट बचाउनका लागि दादुरा रुबेला खोप दिइने गरिन्छ । ९ महिनादेखि ५ वर्ष मुनिका बच्चालाई दादुरा–रुबेला खोप लगाइन्छ । बैतडीमा २७ हजार चार सय २८ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

प्रकाशित: २४ वैशाख २०७७ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App