coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इमानलाई सामाजिक विकास पुरस्कार प्रदान

इमान राईलाई सामाजिक पुरस्कार प्रदान गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई । तस्बिर: नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका सामाजिक अभियान्ता इमान राईलाई नारायणप्रसाद जोशी सामाजिक विकास पुरस्कार प्रदान गरिएको छ । जिल्लामा सामाजिक संघसंस्था सञ्चालन सुरु गरेर सामाजिक अभियान्ताकारुपमा जीवन बिताएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका नारायणप्रसाद जोशीको स्मृतिमा स्थापना गरिएको ३० हजार राशीको पुरस्कार राईलाई प्रदान गरिएको हो ।  

विभिन्न संघ–संस्थासँगको सहकार्यमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थापना गरेको पुरस्कार शनिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले दोसल्ला ओढाएर सामाजिक अभियान्ता राईलाई हस्तान्तरण गरेका छन् । विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिया रहेर समाजमा सकरात्मक परिवर्तनका लागि पुर्‍याएको योगदानको कदर स्वरुप राईलाई नारायणप्रसाद जोशी सामाजिक विकास पुरस्कार प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । पुरस्कृत राई जनसेवा समाज नेपाल जालपामा आवद्ध रहेर सामाजिक सेवाका क्षेत्रमा क्रियासिल छन् ।  

सामाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै जोशीको बार्षिक पुण्यतिथीको अवशरमा गत वर्ष ५० हजार राशीको सामाजिक पुरस्कार स्थापना गर्ने घोषणा गरिएको थियो । व्याजबाट सामाजिक पुरस्कार प्रदान गर्ने व्यवस्थाका लागि स्थापना गरिएको कोषमा हालसम्म नगरपालिकाले आठ लाख, सक्रिया बचत तथा ऋण सहकारी संस्थाले १ लाख ५० हजार, हिमाली क्लबले १ लाख, मनोज स्मृति प्रतिष्ठानले ५० हजार लगायतका रकम जम्मा भइसकेको नगरपालिकाले जनाएको छ ।  

२००४ साल पुस २४ गते जन्मिएका जोशीको ७० वर्षको उमेरमा २०७४ साल असार २१ गते मृत्यु भएको थियो । निजामती कर्मचारी संगठन खोटाङको संस्थापक अध्यक्ष रहेका जोशी हिमाली क्लवका अध्यक्षकारुपमा कार्यरत थिए । जिल्ला प्रशासन कार्यालयमा नासुकारुपमा कार्यरत रहेको अवस्थामा जोशी २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागीरबाट हटाइएका थिए । जोशी २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका मनोज जोशीका पिता हुन् ।

 

 

प्रकाशित: २१ असार २०७७ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App