२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मेसमा खाना खुवाउने अभियान

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा खाना खुवाउने अभियान जारी छ ।

लकडाउनका कारण नागार्जुन नगरपालिका र महानगरको वडा नम्बर १६ मा खाना नपाएका नागरिकहरुलाई खाना खुवाउने अभियान जारी रहेको छ । स्थानीय तहहरुले वितरण गरिरहेको राहतमा सहयोग गर्ने र खाना नपाएकाहरुलाई पनि सहयोग पुर्‍याउने भावनाले मेसमा खाना खुवाउने अभियान सुरु गरिएको राज्यमन्त्री मानन्धरले बताए ।

नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नगरक्षेत्रका १० वटै वडामा पहिलो चरणमा खाद्य सामग्री वितरण गरिएपनि दैनिक राहत बाँड्न समस्या भएकाले अहिले मेसबाट खाना खुवाइरहेको बताए । सानो भर्‍याङ लगायतका ठाउँमा बेलुकीको समयमा पनि खाना खुवाइरहेको उनले बताए ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र विभिन्न शहरमा कोठामा भाडामा बस्ने विद्यार्थीहरु समस्यामा परेका छन् । विभिन्न स्थानीय तहहरुले अहिले आफ्नो क्षेत्रमा रहेका नागरिकहरुलाई राहत वितरण गरिरहेका छन् ।

प्रकाशित: १९ वैशाख २०७७ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App