१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

'कार्य सक्षमता नदेखाए मन्त्री बदल्छु'

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्य सक्षमता देखाउन आग्रह गरेका छन् । कार्यसक्षमता नदेखाए बदल्ने चेतावनीसमेत प्रधानमन्त्री ओलीले दिएका छन् ।

बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

'प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आफूलाई ठोस योजना चाहिएको बताएका थिए । 'हामी सरकारमा भएको उपादेयता हुनुपर्‍यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ,' प्रधानमन्त्री ओलीले भने, 'हामी सरकारमा रहेको भन्ने देखिनुपर्‍यो ।'

प्रधानमन्त्रीले अल्याङटल्याङ नबस्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । 

प्रकाशित: १२ मंसिर २०८१ २०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App