८ वैशाख २०८१ शनिबार
समाज

विश्व हिन्दु महासंघ जातीय विभेदविरुद्धको अभियानमा सामेल

जातप्रथा ब्लड क्यान्सर भएकाले अन्त्य गर्ने धर्मगुरुको प्रतिबद्धता

कानुनी र सामाजिक रुपमा अमानवीय र अपराधिक मानिएको जातीय भेदभाव अन्त्य नभएपछि विश्व हिन्दु महासंघले विभेदविरुद्ध अभियान चलाउने प्रतिवद्धता जनाएको छ । हिन्दु धर्मका आधारमा नेपाली समाजमा संरचनागत भेदभाव भएकाले यसको अन्त्यका लागि धर्मगुरु र अगुवाबाट गर्ने प्रतिवबद्धता कार्यक्रम सुरु गरिएको हो ।  

कोरोना महामारीसँग मूलुक लडिरहेको बेला रुकुमको पश्चिम चौरजहारीमा अन्तरजातीय प्रेमका कारण ६ जना यूवाको ज्यान गएको तथा देशैभर जातीय भेदभाव बढ्न थालेपछि विश्व हिन्दु महासंघले धार्मिक रुपमा भेदभाव नभएको प्रष्टाएको छ । विश्व हिन्दु महासंघ प्रदेश नम्वर ५, बुटवल “रुकुम घटनाका सन्दर्भमा जातीय सद्भाव सहितको धार्मिक सहिष्णुता आजको आवश्यकता” बिषय कार्यक्रम गरेर जातीय विभेद मानव सभ्यताकै कलंक भएको बताएको छ।  

धार्मिक गुरु तथा पण्डित भिमकान्त पन्थीले हिन्दु धर्म भित्र जातप्रथा नभएको भन्दै धर्मको अपब्याख्या गर्दै दलित समुदायमाथि ठूलो अन्याय भएको बताए ।  

‘शास्त्रमा जात प्रथा छैन, तर हिन्दु भनिनेहरु जात प्रथालाई मान्दै आएका छन् त्यो धर्म बिरोधी कार्य हो । हिन्दु धर्मसंग जातप्रथाको कुनै साइनो छैन’ पण्डित पन्थीले भने । उनले नेपाली समाजमा रहेको जात प्रथा ब्लड क्यान्सर जस्तै भएकाले यसको अन्त्य विना समाजको उन्नती नहुने बताए । जातीय आधारमा छुवाछुत गर्ने कार्य धर्मविपरित भएको, मानवता विरोधी र कानुनी अपराध कर्म भएकाले विश्व हिन्दु महासंघले अब यसको अगुवाई गर्ने बताए ।  

संबिधान सभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले बुटवलबाट सम्पूर्ण गैर दलित ब्राम्हण समुदायका पंण्डितहरुले बिभेदकाविरुद्ध ऐक्यवद्धता जनाएर २००४ साल देखिको सामाजिक रुपान्तरणको प्रयासलाई माथि उकास्नुपर्ने बताए । उनले रुकुममा दलित भएकै कारण एक यूवाको हत्या भएकाले अब यस्ता कुप्रथा र अपराधका विरुद्ध सबै विरोधमा उत्रनुपर्ने बताए ।  

बिश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष तथा अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले रुकुम घटना गंभीर मानवीय तथा कानुनी अपराध भएको बताए । बिश्व हिन्दु महासंघको पहलमा जातीय बिभेदको अन्त्य गरिने भन्दै उनले रुकुम घटनाको बिषयलाई बुटवल घोषणा पत्रमा उल्लेख गरिने जानकारी दिए ।  

ब्राम्हण समाज नेपाल, बुटवलका अध्यक्ष रोममणी प्रसाद पाठकले रुकुम चौरजहारी घटनालाई इंगित गर्दै जातप्रथामा आधारित यस्ता घटनाले समाजिक सहिष्णुता माथि प्रहार गरेको औल्याए । मनुस्मिृतिका कारण धर्ममा बिचलन आएको उल्लेख गर्दै अध्यक्ष पाठकले ब्राम्हामण समाजले मनु स्मृतिलाई खारेज गरेको र जातीय बिभेद अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताए । हिन्दुधर्मका गुरुहरुले जातीय विभेद गरेमा त्यसका विरुद्ध समेतविश्व हिन्दु महासंघले कारवाही गर्ने चेतावनी दिएको छ । 

प्रकाशित: ३२ जेष्ठ २०७७ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App