थप २ हजार ४७६ जनामा संक्रमण, २७ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।
पुर्चौडी नगरपालिकाका १० वटै वडा र दशरथचन्द नगरपालिकामा चार वटा वडामा गठन भएका सहयोगी कार्यदलले टोलटोलमा गएर कोरोना भाइरसबारे सचेत गर्दै आएका हुन्।
काठमाडौं उपत्यकामा चारसय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। सङ्क्रमण हुनेमा काठमाडौँ जिल्लामा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जनामा पुष्टि भएको हो
प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन गरीएको हो।
कोभिड १९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले जुम्लामा एक साता निषेधाज्ञा थपेको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएकोले जेठ ३१ देखि असार १२ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको हो ।
प्रदेशमा ४ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८४, झापामा १ सय ९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
मोरङबाट सबैभन्दा बढी ५ सय ९८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८ सय ९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै प्रशासनले निषेधाज्ञा लागु गर्दा सहरमा हिडडुल ठप्प प्राय छ । सहरी जनजीवन करिब ठप्प जस्तै हुँदा कोरोना संक्रमणको गतिमा पनि ब्रेक लागेको अनुभूति चिकित्सकले गरेका छन् । तर, गाउँमा भने संक्रमणमा ब्रेक लाग्न नसकेको उनीहरुको भनाई छ ।
सामान्य अवस्था हुँदो हो त भक्तपुरको ऐतिहासिक र पुरतात्विक महत्वको दरबार क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुको घुँइचो हुन्थ्यो। यतिमात्र हैन, कुनै न कुनै सांस्कृतिक बाजाले गुञ्जायमान् हुन्थ्यो तर जारी निषेधाज्ञाले साँस्कृतिक नगरी भक्तपुर सुनसान छ।
राष्ट्रिय किसान आयोगले कोरोना भाइरसको महामारीका बेला पिल्सिएका किसानलाई राहत दिन सरकारसमक्ष विभिन्न सुझाव दिएको छ।
मन्त्रालयका अनुसार कूल १० हजा ४सय७१ वटा पीसीआर परीक्षण गर्दा ३ हजार २४ र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ मा संक्रमण पुष्टि भएको हो।
धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।
३७ लाख रुपैयाँमा १० लिटर प्रतिमिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर २० थान, ८ लाख रुपैयाँको अक्सिजन सिलिण्डर ५० थान, ९ लाख बराबरको मल्टी पारामिटर प्यासेन्ट मनिटर ५ थान र १ लाख ६० हजार बराबरको एकसय थान अक्सिमिटर अस्पतालालाई हस्तान्तरण गरीएको हो।
पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ।