१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप ३,४७९ जनामा कोरोना संक्रमण, ६,६३६ संक्रमणमुक्त र ९९ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो। मन्त्रालयका अनुसार कूल १० हजा ४सय७१ वटा पीसीआर परीक्षण गर्दा ३ हजार २४ र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ मा संक्रमण पुष्टि भएको हो।

त्यस्तै सोही अवधिमा ६ हजार ६३६ जना संक्रमणमुक्त र ९९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App