८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा १ हजार बढी संक्रमणमुक्त

प्रदेश १ मा कोरोना भाइरस संक्रमितहरु संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। बुधबार प्रदेशमा १ हजार २ सय ८१ जना संक्रमणमुक्त भएका छन्। संक्रमाणमुक्त हुनेमा ५ सय २८ महिला र ७ सय ५३ पुरुष रहेका छन्। मोरङबाट मात्र ५ सय ६३ जना संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ।

प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको  दमकमा ५५, विर्तामोडमा २६, भद्रपुरमा २४, मेचीनगरमा ११, कनकाईमा ८, बाह्रदशी र शिवसताक्षीमा ४–४, अर्जुनधारा र हल्दिबारीमा २–२, कचनकवल, कमल गाउँपालिका, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ६३,लेटाङमा २१, पथरीशनिश्चरेमा ११, बेलबारीमा १०, कटहरीमा ७,सुन्दरहरैँचा र उर्लाबारीमा ४–४, केराबारी र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १, सुनसरीको धरानमा ३८, इटहरीमा १८, रामधुनीमा ६, दुहबीमा ५, बराहक्षेत्रमा ४, इनरुवा र बर्जुमा ३–३, देवानगञ्जमा २, गढी र कोसी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

त्यसैगरी उदयपुरको त्रियुगामा १५, उदयपुरगढीमा २, स्थानीय तह नखुलको १, संखुवासभाको चैनपुरमा ५ र खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र साँघुरीगढीमा १–१, ताप्लेजुङको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र अरुणमा १–१, इलामको रोङ र चुलाचुुलीमा १–१, पाँचथरमा १, तेह्रथुमको म्याङ्लुङमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार ८ सय ३५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४ हजार ६ सय ९३ रहेको छ । प्रदेशमा बुधबार १ हजार २ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १ सय ८८ महिला र २ सय ६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ असार २०७८ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App