११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थप २ हजार ८ सय २८ जनामा कोरोना, ५२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन गरीएको हो। १३ हजार २२ जनाको परीक्षण गरिएको थियो। परीक्षण गर्दा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार १ सय १७ रहेको छ।

प्रकाशित: २ असार २०७८ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App