८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना भाइरस रोकथाममा खटिँदै सहयोगी कार्यदल

कोरोना नियन्त्रणको गर्न जागरुक गराउँदै स्वयम्सेवकहरु। तस्बिरः बिरा/नागरिक

कोरोना भाइरस नियन्त्रण तथा रोकथामकोलागि सहयोगी कार्यदलका सदस्य अग्रसर भएका छन्। पुर्चौडी नगरपालिकाका १० वटै वडा र दशरथचन्द नगरपालिकामा चार वटा वडामा गठन भएका सहयोगी कार्यदलले टोलटोलमा गएर कोरोना भाइरसबारे सचेत गर्दै आएका हुन्।  

कोरोनाबाट बच्ने उपायबारे सर्वसाधारणलाई जानकारी र स्वास्थ्य मापदण्डको पालना गर्न सिकाउने गरेका हुन्। युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रसबाट सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमले गठन गरेका सहयोगी कार्यदलले गाउँघरमा कोरोना भाइरसको बारेमा सचेत गाराउन थालेका छन्। कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सहयोगी कार्यदलले खेलेको भूमिका उल्लेखनीय भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनप्रसाद भट्टले बताए।  

मास्क लगाउन, सरसफाई र सेनिटाइजर प्रयोग गर्न कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्दै भौतिक दुरी कायम गर्न आग्रह गर्दै आएको पुर्चौडी नगरपालिका–१० मा गठन भएको सहयोगी कार्यदलका सदस्य नरेन्द्र महराले बताए । कोरोनाको दोस्रो लहर बढेपछि कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमले सीमानाका झुलाघाटमा रहेको हेल्थडेष्कलाई स्वास्थ्य सामग्री वितरण गर्नुका साथै स्वास्थ्यकर्मीलाई सहयोग पुर्‍याउन सहयोगी समेत खटाइएको फिल्ड सुपरभाइजर देवबहादुर महराले बताए।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि कार्यक्रमले सहयोग पुर्‍याएको पुर्चौडी नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले बताइन्। कार्यदलका सदस्यहरु जोखिम मोलेर गाउँघरमा खटेको उनले बताइन । कोरोनाबारे जनचेतना बढाउने खालका सन्देश लेखिएका पर्चा पम्पलेट, माइकिङ, होडिङबोर्ड समेत टासिएको फिल्ड सुपरभाइजर महराले जानकारी दिए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तहले चालेका कदमहरुमा हामीले सहयोग पुर्‍याउँदै आएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेले बताए।  

गत हप्ता कार्यक्रमको निरीक्षणका क्रममा सहयोगी कार्यदल र स्थानीय तहले चालेको कदमबाट अन्य स्थानीय तहहरुको लागि सिकाइ हुन सक्ने सभापति पाण्डेयले जानकारी दिए । कोरोना नियन्त्रणमा खटिएका स्वयम्सेवकलाई अन्य विपद्का घटनामा समेत स्थानीय तहले खटाउन सक्ने भएकाले उनीहरुको दक्षता अभिवृद्धि गर्ने खालका कार्यक्रम ल्याउन आवश्यक भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए।

प्रकाशित: १० असार २०७८ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App