प्रदेश १ बाट बुधबार कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त बढी भएका छन्। प्रदेशबाट १ हजार ४ सय ६५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ६ सय २० महिला र ८ सय ४५ पुरुष रहेका छन्।
मोरङबाट सबैभन्दा बढी ५ सय ९८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८ सय ९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशमा बुधबार ५ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा १ सय ६५, झापामा १ सय ३२, मोरङमा १ सय १९, पाँचथरमा ५४, इलाममा ८, धनकुटामा ६, तेह्रथुममा ४, भोजपुर र उदयपुरमा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
सुनसरीको इनरुवामा ६२, धरानमा ३७, इटहरीमा ३४, देवानगञ्जमा १४, दुहबीमा ७, बराहक्षेत्रमा ६, रामधुनीमा ३, गढी र कोसी गाउँपालिकामा १–१, झापाको दमकमा ३७, भद्रपुरमा २२, विर्तामोडमा २०, अर्जुनधारामा १२, कनकाई र शिवसताक्षीमा ८–८, बाह्रदशीमा ७, गौरीगञ्जमा ५, मेचीनगर, बुद्धशान्ति र कचनकवलमा ३–३,कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १६, बेलबारी र बुढीगंगामा ७–७, कटहरी र सुन्दरहरैँचामा ४–४, केराबारी र रंगेलीमा ३–३, कानेपोखरी र धनपालथानमा २–२, रतुवामाई, सुनबर्षी, जहदा, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी फिदिममा ५१, हिलिहाङमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, रोङ र स्थानीय तह नखुलेका २–२, सूर्योदय र माईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथरमा २ र स्थानीय तह नखुलेका १, तेह्रथुमको म्याङ्लुङमा ३ र आठराईमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ८ सय २० पुगेको छ। सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय ८१ रहेको छ। प्रदेशमा बुधबार १ हजार ६ सय ५३ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २ सय २४ पुरुष र २ सय ८३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: २६ जेष्ठ २०७८ १३:२० बुधबार