८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ बाट ९ सय २ संक्रमणमुक्त

प्रदेश १ मा शुक्रबार ९ सय २ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ८९ महिला र ५ सय १३ पुरुष रहेका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २ सय ४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा ४ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८४, झापामा १ सय ९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

मोरङको विराटनगरमा १ सय १, सुन्दरहरैँचामा ३५, पथरीशनिश्चरेमा १८, उर्लाबारीमा ११, बुढीगंगामा ५, रतुवामाई र बेलबारीमा ३–३, रंगेली, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका २–२, झापाको विर्तामोडमा २१, हल्दिबारीमा १५, कनकाईमा १३, दमकमा १२, शिवसताक्षीमा ९, अर्जुनधारा र भद्रपुरमा ८–८, झापागाउँपालिकामा ५, बुद्धशान्ति, मेचीनगर र कमलगाउँपालिकामा ४–४, गौरीगञ्ज र बाह्रदशीमा २–२, गौरादह र  कचनकवलमा १–१, सुनसरीको इटहरीमा ४५, धरानमा ३०, बराहक्षेत्रमा ६, दुहबी र रामधुनीमा ५–५, हरिनगरमा २, गढी, देवानगञ्ज, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

त्यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा ६, सहिदभूमिमा २, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, चैनपुरमा २ र स्थानीय तह नखुलेका ३, तेह्रथुमको म्याङ्लुङमा ५, लालीगुराँसमा २, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, रोङ र सूर्योदयमा १–१, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, पाँचथरको फिदिममा २, ताप्लेजुङको मिक्वाखोला र फक्ताङ्लुङमा १–१, भोजपुरको पौवादुङमा र स्थानीय तह नखुलेका १–१, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेशमा कोरोना संक्रमितको संख्या ६४ हजार ८ सय ५५पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ८१ रहेको छ।  प्रदेशमा शुक्रबार १ हजार ३ सय ७४ जनाको  पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २ सय १० महिला र २ सय ५२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App