१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

सुनसान साँस्कृतिक सहर (फाेटाेफिचर)

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण बढ्दो छ। यही संक्रमणको शृङ्खला तोड्न(चेनब्रेक)का लागि काठमाडौं उपत्यकाका तीन जिल्लाहरु(भक्तपुर, ललितपुर र काठमाडौँ) मा निषेधाज्ञा जारी छ। 

निषेधाज्ञाको कारण सबैतिर सुनसान छ। सामान्य अवस्था हुँदो हो त भक्तपुरको ऐतिहासिक र पुरातात्विक महत्वको दरबार क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुको घुँइचो हुन्थ्यो। यतिमात्र हैन, कुनै न कुनै सांस्कृतिक बाजाले गुञ्जायमान् हुन्थ्यो तर जारी निषेधाज्ञाले साँस्कृतिक नगरी भक्तपुर सुनसान छ।  

सुनसानै भए पनि निषेधाज्ञाको समयमा दरबार क्षेत्रमा फाट्टफुट्ट मानिसको ओहोरदोहोर देखिन्छ। दरबार क्षेत्रमा खासै प्रहरी पनि देखिँदैनन् तर सर्वसाधारणले स्वतस्फुर्त रुपमा निषेधाज्ञाको पालना गरेका छन्।

प्रकाशित: २५ जेष्ठ २०७८ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App