४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दोलखामा मन्त्रिपरिषदको निर्णय अटेर, बिहानैदेखि विद्यालय संचालनमा

दोलखामा मन्त्रिपरिषदको निर्णय अटेर बिहानैदेखि विद्यालय खुलेका छन् । कोरोना भाईरसको महामारी बढ्दै गएको भन्दै सरकारले मंगलबारबाट देशैभरिका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । दोलखामा भने उक्त निर्णयको अटेर गर्दै बुधबार बिहानैदेखि विद्यालय खुलेका हुन् ।

६ महिनापछि स्कुल खुल्दा उल्लास

‘६ महिनापछि स्कुल जान पाइयो,’ विद्यार्थी समीक्षा दाहालले भनिन्, ‘स्कुल जान पाउँदा धेरै खुसी लागेको छ ।’ विद्यालय जान पाउँदा हर्षित उनलाई कोरोना त्रासले भने घोचिरहेको छ । ‘कोरोनाको डर त छ तर मास्क लगाएर विद्यालय जान्छौं,’ उनले भनिन्, ‘पटकपटक हात धुन्छौं ।’

विद्यालय सञ्चालन गर्न निर्देशिका जारी गर्ने मन्त्रालयको तयारी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालन कार्य ढाचा बारेमा बुधबार मन्त्रालयमा सरोकारवालाविच छलफल गरेको छ ।

नगरको पर्यटकीय विकासका लागि बुढ्ढी तालमा डुंगा संचालन

नगर क्षेत्रको पर्पटकीय विकासका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ४ स्थित बुढ्ढी तालमा डुंगा संचालन गरिएको छ । बुढ्ढी ताल नगरको सबै भन्दा ठुलो ताल हो । पर्यटकलाई आकर्षित गर्न तालमा डुंगा संचालन गरिएको हो । मेयर केशव कुमार श्रेष्ठले रिबन काटेर डुंगामा चढेर शुभारम्भ गरे । सो अवसरमा मेयर श्रेष्ठले नगर क्षेत्रको पर्यटकीय विकासमा यसले मद्दत गर्ने बताए ।

सुक्खा बन्दरगाह संचालनको ठेक्का भारतीय कम्पनीलाई

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह संचालनको भइरहेको ठेक्का प्रक्रियामा गत आइतबार खोलिएको आर्थिक प्रस्तावमा सबभन्दा बढी कबोल गर्ने भारतको राजधानी नई दिल्लीमा मुख्यालय भएको कम्पनी प्रिस्टाइन लजेस्टिकको ठेक्का स्विकृत भएको छ ।

सुक्खा बन्दरगाह ५ वर्ष संचालनको ठेक्का ३ अर्ब ३३ करोडमा

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह संचालनको लागि गत मंसिरको अन्तिम साता अह्वान भएको अर्को ५ वर्षको अवधीका लागि संचालनको टेन्डरको आर्थिक प्रस्ताव आइतवार खुलेको छ ।

अवैध क्रसर : दर्तादेखि संचालनसम्म सेटिङ

गैरकानुनी क्रसर उद्योगलाई कतैबाट कारबाही नभएपछि सञ्चालकहरु ‘डन’ बनेर विरोध गर्नेलाई धम्क्याउने गरेका छन्। विरोध गर्नेको ज्यानै लिन पनि उनीहरु पछि नपरेको अवस्था छ।

गढीमाई मेलाः सिडिओ र एसपीले गराए नगरपालिका र मन्दिर समितिबीच ७ बुँदे सहमति

बरियारपुरस्थित रहेको विश्वमै सबैभन्दा बढी एकैपटक पशु बलि दिइने मेलाको रुपमा रहेको गढीमाई पञ्चवर्षीय मेला भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर संचालन समितिबीच सहमति भएको छ।

दश घर एक पोखरी अभियान संचालन

अर्घाखाँचीमा दश घर एक पोखरी अभियान संचालन गरिएको छ। परम्परागत रुपमा गाउँ ठाउँमा रहेका पोखरी संरक्षणको अभावमा लोभ हुन थालेपछि पुनः पोखरी निर्माण अभियान सुरु गरिएको हो। जिल्लाका दुई युवाहरूको अग्रसरतामा अभियानले तीव्रता लिएको छ।

धादिङमा १५ वटा एम्बुलेन्स अनुमति विना नै संचालनमा

एम्बुलेन्स भन्नाले बिरामी ओसार्ने स्वीकृति प्राप्त गरेको वाहन सम्झनु पर्छ। यो चौबिसे घण्टा मानवीय सेवामा समर्पित रहने साधन हो। यसलाई सरल, भरपर्दो र व्यवस्थित साधनको रुपमा लिइन्छ तर मानवीय सेवामा समर्पित एम्बुलेन्स नै अनुमति विना नै संचालित छन्।

तीन काठेपुल संचालनलार्इ अनुमति

नेपाल सरकारले अन्तराष्ट्रिय सीमा नदीको रुपमा रहेको महकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिना पछि अनुमति दिएको छ।

कर्णाली करिडोरका स्वास्थ्य चौकी अनियमित रूपमा संचालन

जुम्लाका कर्णाली राजमार्गसँगै जोडिएका स्वास्थ्यचौकी नियमित रूपमा खुल्दैनन् । सहजै रुपमा जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले निगरानी राख्न सकिने भएपनि कर्मचारीको मनपरीले नियमित रूपमा स्वास्थ्य संस्था नखुल्ने गरेको स्थानीय बताउँछन्।

मुआब्जा विवादले आइसिपी संचालन नरोकिने

वीरगन्जको अलौंमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) अगाडी मुआब्जामा असन्तोष जनाउँदै धर्ना सुरु गरेका स्थानीयलाई यसको संचालनमा बाधक नबन्न स्थानीय प्रशासनले आग्रह गरेको छ। ९५ प्रतिशत बढी भौतिक निर्माणको काम सम्पन्न भएर संचालनको तयारी थालिएका बेला स्थानीयले मुआब्जाजाको माग राख्दै आइसिपीको मूल ढोकामा धर्ना थालेका छन्।

प्रदेश ७ मा मुख्यमन्त्रीको कार्यालय संचालन

सात नम्बर प्रदेश अस्थायी राजधानी धनगढीको कार्यालयबाट मुख्यमन्त्रीले मंगलबारदेखि कामकाज सुरू गरेका छन्। निर्माण कार्य भइरहेको भवनको एउटा कोठाबाट कर्मचारीहरूले कामकाज सुरू गरेका हुन्।

चिनी मिल संचालनमा नआउँदा किसान मर्कामा

रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स अझै पनि संचालनमा आउन नकस्दा किसान मर्कामा परेका छन्। उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब बाइस करोड रुपैयाँ उद्योगले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग संचालनमा नआउँदा उखुको मोल कम हुने त्रासले किसानलाई सताउन थालेको छ । अधिकांश उखु खेतमै बिग्रिन थालेको किसानहरूले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्