इलाम र बझाङमा आज मतदान
निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
यस कृतिमा कवि राईले देश, समाज, व्यक्तिगत अनुभूति तथा समाजमा सुषुप्त रूपमा रहेको असमानता, विभेद र जातीय–वर्गीय विभाजनको मनोवृत्तिलाई समेत उजागर गर्दै कतै ज्याक डेरिडाको विनिर्माणवादको आभास गराएका छन्, मार्क्सवादी दृष्टिकोण त हरेक कवितामा झल्किन्छ।
अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग ( एपिएल ) क्रिकेट प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ।
नौमुरे जलविद्युत आयोजनाको डिपिआर तयारीको काम अघि बढेको छ। डिपिआर निर्माण गरेपछि केन्द्र सरकारले आगामी वर्षबाट आयोजना निर्माणको कार्य अघि बढाउने भएको छ। अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने यो आयोजनाबाट २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिन्छ।
मुलुकमा भएका परिवर्तनका ठूला लडाइमा युवाको भूमिका उच्च रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक प्रदिप डिसी र अनुसन्धान प्रमुख गोपाल पन्थी सहितको प्रशासन र प्रहरीको टोलीले गाडी नियन्त्रणमा लिएको हो।
अर्घाखाँचीमा दश घर एक पोखरी अभियान संचालन गरिएको छ। परम्परागत रुपमा गाउँ ठाउँमा रहेका पोखरी संरक्षणको अभावमा लोभ हुन थालेपछि पुनः पोखरी निर्माण अभियान सुरु गरिएको हो। जिल्लाका दुई युवाहरूको अग्रसरतामा अभियानले तीव्रता लिएको छ।
राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्षपछि संरक्षण गरेको छ।
अर्घाखाँचीको सितगंगा नगरपालिका ११ मौवाबारीकी मुना घर्तीलाई नागरिकता बनाउने पिरलोले सताउँथ्यो। एक–दुई दिन भित्र जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउने उनको योजना थियो।
के तपाई मोबाइल चार्जमा लगाएर कुराकानी गर्ने गर्नु भएको छ ? यदि यसो गर्नुहुन्छ भने भने अबदेखि यो बानी हटाउनुहोस्। मोबाइलमा कुराकानी गरिरहेको बेला चट्याङ परे ज्यानै जान सक्छ।
अर्घाखाँचीको पाणनि गाउँपालिका वडा नं. १ पणेनाकी मिना बलालका हिजोआजका दिन निकै सहज बन्दै गइरहेका छन्। केही समय पहिले उनलाई विहान उठ्ने वित्तिकै पानी बोक्नका लागि पधेरो धाउनु पर्दथ्यो। विहानभरको समय पानी बोक्दैमा बित्थ्यो।
जिल्लाको छत्रदेव गाउँपालिका ६ ठूलापोखरामा सञ्चालित मालिका धार्मिक महोत्सवमा ९० लाख रुपैयाँ संकलन भएको छ। मालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत्र ४ गतेदेखि सुरु भएको महोत्सव मंगलबार सम्पन्न भएको हो।
बुधबार जिल्ला सदरमुकाम सन्धिखर्कको शान्तिवगैंमा लुम्बिनी अपाङ्ग, दृष्टिविहिन तथा असाहय आश्रम वुटवलका दृष्टिविहिन कलाकारहरुले गाएका विभिन्न गीतले दर्शकहरुलाई भावुक बनायो। उनीहरुले दृष्टि बिहिन भएर जीवन जिउँदाको पीडालाई गीतको माध्यबाट प्रस्तुत गरेका थिए। उनीहरुले संसार नै देख्न नपाइ अरुको सहारामा जीवन चलाउन निकै गाह्रो भएको भाव प्रकट भएका थुप्रै गीत गाएका थिए।
भुमिकास्थान ९ ढिकुराका लालबहादुर बलाल मंगलबार जिल्ला पशुसेवा कार्यालयको काममा सन्धिखर्क आए । कार्यालयमा फोटो चाहिने भएपछि उनी फोटो खिच्न सन्धिखर्क बजारतर्फ लागे ।
सन्धिखर्कको जंगलमा चितुवा मृत फेला परेको छ। सन्धिखर्क नगरपालिका १० को खहरे खोला सामुदायिक वनमा चितुवा मृत अवस्थामा भेटिएको हो। जिल्ला वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले चितुवालाई कसैले मारेको नभई आफै मरेको हुनसक्ने बताए। उनले सो विषयमा अनुसन्धान भइरेको बताए।
