८ वैशाख २०८१ शनिबार
अर्थ

मालिका धार्मिक महोत्सवमा ९० लाख संकलन

महोत्सवमा कथा वाचन गर्दै व्यासाचार्य भुवन गुरु । तस्बिर : नागरिक

अर्घाखाँची– जिल्लाको छत्रदेव गाउँपालिका ६ ठूलापोखरामा सञ्चालित मालिका धार्मिक महोत्सवमा ९० लाख रुपैयाँ संकलन भएको छ। मालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत्र ४ गतेदेखि सुरु भएको महोत्सव मंगलबार सम्पन्न भएको हो।

मालिका मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि महोत्सव आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोला पौडेलले बताए। ‘नेपालमै  प्रथम पटक वृन्दावनकै आकारमा श्री गोवर्द्वन प्रवर्द्धन गर्ने उद्देश्य राखेका छौं’, उनले भने, ‘द्वादश ज्योतिष लिङ्ग निर्माण गरि मालिका मन्दिरलाई चर्चित पर्यटकीय गन्तव्य बनाउदै छौं।’ उनले महोत्सव पूर्ण रुपले सफल भएको बताए। महोत्सवमा करिव ५० हजार दर्शनार्थीहरुले अवलोकन गरेको आयोजकको अनुमान  छ। 

महोत्सवमा व्यासाचार्य भुवन गुरुले प्रवचन दिएका थिए। पण्डित भुवनले आफूले धेरै ठाउँमा प्रवचन दिँदै हिडेपनि मालिकामा जत्तिकै व्यवस्थित तवरले कुनै पनि ठाउँमा महोत्सव नभएको बताए। ‘म यहाँका नागरिकको सक्रियता देखेर निकै प्रभावित भए’ उनले भने, ‘यो ठाउँलाई सधै स्मरण गरिरहने छु।’ उनले ग्रामणि भेगमा भएको महोत्सवमा ९० लाख नगद संकलन हुनुलाई सामान्य रुपमा लिन नहुने बताए। ‘अधिकांश ठाउँमा बोलेर मात्र छाड्ने तर पैसा नतिर्ने चलन हुन्छ, त्यसैले यज्ञहरु घाटामा समेत गएका छन्’ उनले भने,  यहाँ सबै नगद रकम उठ्यो।’ मालिका क्षेत्रको विकासका लागि प्रशस्त रकम संकलन भएको उनले बताए। 

छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले वडा नं. ६ ले धार्मिक महोत्सवलाई भव्यताका साथ सफल बनाएर गाउँपालिकामै नमूना योग्य काम गरेको बताए। ‘सुरुमा हामीलाई के हुने हो भनेर डर पनि लागेको थियो’ उनले भने, ‘सोँचे भन्दा धेरै राम्रो हुन पुग्यो।’ उनले छत्रदेव गाउँपालिकाका विभिन्न क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि गाउँपालिकाले गुरुयोजना निर्माण गर्ने बताए। 

वडाध्यक्ष तथा  महोत्सव मुल आयोजक समितिका संरक्षक कमल पौडेलले वडालाई जिल्लाकै नमूना वडाको रुपमा परिचत गराउने बताए। ‘धार्मिक महोत्सवको सफलतताले हामीलाई नमूना गाउँ बनाउने लक्ष्यमा धेरै बल पुगेको छ’ उनले भने, ‘संकलित रमकले मालिका मन्दिरलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न निकै टेवा पुग्ने भएको छ ।’  उनले अब वडा कार्यालयले मन्दिरको भौतिक संरचना निर्माणदेखि वातवरणीय पक्षलाई सुन्दर बनाउने कार्यमा लाग्ने बताए। उनले मन्दिरको प्रचार प्रसारमा विशेष ध्यान पु-याउने बताए।  

प्रकाशित: १३ चैत्र २०७४ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App