१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

सिभिलमा एमआरआई र सिटिस्क्यान दुवै बिग्रिए

सिभिल अस्पतालमा पालैसँग सिटिस्क्यान र एमआरआई मेशिन बिग्रिएको छ। मेशिन बिग्रिएपछि यी सेवा लिनको लागि सेवाग्राही अन्यत्र जान बाध्य भएका छन्।

अस्पताल स्रोतको अनुसार एमआरआई गत साता बिग्रिएको हो भने सिटिस्क्यान एक हप्तादेखि बिग्रिएपछि उपचारमा आउने बिरामी प्रभावित बनेका छन्।

अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. विमल कुमार थापाको अनुसार दुवै मेशिन बिग्रिएपछि सिभिलमा आएका बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति वाल अस्पताल सेवा लिन रेफर गरिएको छ।

उनको अनुसार अस्पतालमा दैनिक औसत ३० जना बिरामीको सिटिस्क्यान हुन्थ्यो भने १८ देखि २० जना बिरामीको एमआरआई सेवा दिइन्थ्यो।

गत साता बिग्रे लगत्तै सम्बन्धित कम्पनीका अपरेटर आई  हेरिसकेको र आवश्यक सामाग्री उत्पादक कम्पनी  जर्मनबाटै माग गरेको उनले बताए।

कम्पनीले अस्पताललाई दिएको जानकारी अनुसार तिहारपछि मात्र सामान आईपुग्ने र सामान आएको एक सातापछि मर्मत कार्य सम्पन्न हुने सम्भावना रहेको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App