coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बन्दको विकल्प खोज्न माग

 अर्घाखाँची – भुमिकास्थान ९ ढिकुराका लालबहादुर बलाल मंगलबार जिल्ला पशुसेवा कार्यालयको काममा सन्धिखर्क आए । कार्यालयमा फोटो चाहिने भएपछि उनी फोटो खिच्न सन्धिखर्क बजारतर्फ लागे ।

नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दले पुरै बजार बन्द भएपछि उनले फोटो खिच्न पाएनन् । काम पनि भएन । ‘आज काम भएन फेरी आउनु पर्ने भयो’ उनले भने, ‘बन्द छ भन्ने जानकारी नहुँदा दुःख पाइयो ।’सन्धिखर्क  वाङ्गलाकी कमला बस्नेत  बिरामी अवस्थामा पनि हिँड्दै सन्धिखर्क आउन बाध्य भइन । टाउको, घुँडा दुख्ने समस्याबाट ग्रसित बस्नेतलाई पनि हिँडेर यात्रा गर्न पर्दा निकै समस्या भयो ।

यसरी बन्द गरेर  नागरिकलाई दुख दिन नहुने उनको धारणा छ । ‘उपचार गर्न आएकी हुँ’ उनले भनिन,  ‘संविधान जारी भएपछि अब बन्द हड्ताल हुन्न भन्थे, होइन रहेछ ।’ सन्धिखर्कमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका वागलुङका वीरबहादुर थापा मगर पनि काम नपाएकोमा दुखी देखिन्थे । उनी भारी बोकेर साँझ बिहानको छाक टार्दै आएका छन् ।

उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसालले  राजनीतिक उद्देश्य प्राप्तिका लागि बन्द गर्ने परिपाटी ठिक नभएको बताउँछन ।  नेकपाले गरेको बन्दका कारण अर्घाखाँचीमा  यातयात, पसल, शिक्षण संस्था, उद्योग कलकारखाना सबै ठप्प भए । ‘विभिन्न दलहरुले बन्दलाई राजनीतिक उद्देश्य प्राप्तिको मुख्य अस्त्र बनाउने गरेको छन्’ भुसालले भने, बन्द गर्ने दलहरुले बन्दको असरका बारेमा पनि ध्यान पुर्याएर बन्दको विकल्प खोज्ने तर्फ लाग्नु पर्ने देखिन्छ ।’  
 

प्रकाशित: ८ फाल्गुन २०७४ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App