७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यालय सञ्चालन गर्न निर्देशिका जारी गर्ने मन्त्रालयको तयारी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालन कार्य ढाचा बारेमा बुधबार मन्त्रालयमा सरोकारवालाविच छलफल गरेको छ । सरकारले बुधबारदेखि कार्यन्वयन हुने गरी लकडाउन अन्त गरे लगत्तै निजी तथा सार्वजनिक विद्यालयहरु विद्यालय पुन: संचालन गर्ने तरखरमा रहेको वेलामा मन्त्रालयले शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन अभिभावक महासंघ, इस्टु लगायतका संस्थालाई बोलाएर  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको उपस्थितिमा मन्त्रालयमा छलफल गरेको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जनाए  ।

मंगलबार मन्त्री परिषदले भदौं १ गतेदेखि विद्यालयहरुले नयाँ विद्यार्थीको भर्ना खोल्ने, अतिआवश्यक भए रोकिएका परीक्षाहरु संचालन गर्ने र विद्यार्थीको अभिलेखिकरण गर्ने गरेको थियो । यही विषयमा बुधबार शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले विद्यालय पुनः संचालन गर्न गरेको छलफलमा सबैले आफ्नो संस्थाको धारणा राखेका थिए । ‘छलफलमा सहभागिता जनाएका संस्थाहरुले यस विषम परिस्थितिमा आफ्नो संस्थालाई परेको अफ्ठेरोको बारे विचार राखेका थिए,’स्वकीय सचिव केसीले नागरिकसँग भने ‘सबै समस्याको समाधान विद्यालय खोल्ने कुराले समाधान दिन्छ भन्ने साझा विचार छलफलमा आएको छ ।’उनले थपे ‘मन्त्री ज्यूले छलफलमा आएका विचारहरुलाई समेटेर विद्यालय पुन: संचालन कार्यविधि बनाएर छिटै कार्यन्वयनमा ल्याउने भन्नु भएको छ ।’यही विषयलाई समेटेर मन्त्रालयले छिटै विद्यालय पुन: संचालन निर्देशिका जारी गर्ने तयारी गरिरहेको उनले जनाए ।  

अभिभावक महासंघले सक्ने अभिभावकहरुसँग लिन मिल्ने शुल्क लिने वातावरण गराइदिने विषयमा छलफलमा  राखेका थिए । शिक्षा मन्त्री पोखरेलले कोभिड हाम्रो कल्पना भन्दा बाहिरको विषय रहेको बताउँदै यो लडाइँ हामीले जित्न सबै पक्षहरुको सामूहिक पहल जरुरी रहेकोले सबैले सहयोग गर्नु पर्ने आग्रह गरेका थिए ।

‘ विद्यालय पुन सञ्चालन कार्यविधि सबैले दिएको सुझावलाई समेटेर मन्त्रालयले छिटै सार्वजनिक गर्ने तयारी गरेको छ ,’छलफलमा मन्त्री पोखरेलले भने ‘कोभिडपछाडि विश्वनै नयाँ परिस्थितीमा गएको छ , ’ मन्त्री पोखरेलले भने‘हाम्रो सन्दर्भमा पनि कोभिडपछिको शिक्षाको सन्दर्भमा मजबुत भएर जानु पर्छ ।’उनले थपे ‘अनलाइनबाट जानु पर्छ , फेसटुफेस जाने अवस्था भएन । गुरुकुल परम्परासँग जोड्न सकिएन । विश्वनै कोभिडले परिवर्तन गरेकोे छ । अब कोभिड पछि हामीहरु कसरी सावधानी अपनाएर विद्यालय पुनः संचालन गर्न सक्छौ त्यता तर्फ सोच्नु पर्छ । विद्यार्थीको हितमा रहेर निर्देशिका जारी हुन्छ ।’

ईष्टुको अध्यक्ष होमकुमार थापाका अनुसार प्याबसन र एनप्याबसनले शिक्षकहरुलाई दिएको वेतबी घर विदाको निर्णय फिर्ता लिएकोले प्याबसन र एनप्यासबन केन्द्रित कार्यक्रम इष्टुले फिर्ता लिएको छ । ‘मन्त्रालयमा भएको छलफलमा निजी विद्यालयहरुले विहिबारदेखि अनलाइन कक्षा पुनः संचालन गर्ने भएका छन्’, अध्यक्ष थापाले भने ‘प्यासबन र एनप्याबसनले वेतबी घर विदाको निर्णय फिर्ता लिएकोले हामीले तालाबन्दीको कार्यक्रम फिर्ता लियौं । तर करकार केन्द्रित आन्दोलनका अन्य कार्यक्रमहरु भने चलिनै रहेछ ।’ सबै सरोकारावालाहरुको मुख्य जोडनै विद्यालय पुनः संचालन गर्नु नै रहेको छ ।

प्रकाशित: ७ श्रावण २०७७ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App