४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुक्खा बन्दरगाह ५ वर्ष संचालनको ठेक्का ३ अर्ब ३३ करोडमा

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह । तस्बिरः रितेश/नागरिक

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह संचालनको लागि गत मंसिरको अन्तिम साता अह्वान भएको अर्को ५ वर्षको अवधीका लागि संचालनको टेन्डरको आर्थिक प्रस्ताव आइतवार खुलेको छ । सुक्खा बन्दरगाहको स्वासमत्व ग्रहण गरेको नेपाल सरकार बाणिज्य मन्त्रालय मातहतको नेपाल इन्टर मोडेल यातायात बिकास समितिका एक उच्च अधिकारीले बताए अनुसार भारतीय कम्पनी प्रिस्टाइन लजेस्टिकले सबभन्दा बढी ३ अर्ब ३३ करोड रुपैयाँ कबोल गरेको छ ।  

नेपाल इन्टर मोडेल यातायात बिकास समितिले ५ वर्षको लागि सुक्खा बन्दरगाह संचालन गर्न न्युनतम दुई अर्ब ४० लाख रुपैयाँ ठेक्का रकम तोकेका थियो । यस टेन्डर प्रक्रियामा प्रतिस्पर्धा गरेका ५ वटा कम्पनी रहेकोमा ति सबै यसअघि प्राविधिक प्रस्तावमा छनौट भइसकेका थिए । प्राविधिक प्रस्तावमा छनौट भएका भएका कम्पनीहरुको आर्थिक प्रस्ताव आइतवार खोलिदा प्रिस्टाइन लजेस्टिक सबभन्दा अगाडि देखिएको हो । भारत नयाँ दिल्लीको प्रिस्टाइन लजेस्टिक्स भारतमा आधा दर्जनभन्दा बढी ठाउँमा सुक्खा बन्दरगाह तथा ‘आइसिडि’ (इनल्याण्ड कन्टेनर डिपो) संचालन गर्दै आएको कम्पनी हो । सुक्खा बन्दरगाह संचालनमै सो कम्पनीको बिशिष्ठ अनुभव रहेको छ ।  

दोस्रो प्रतिस्पर्धी देखिएको ‘कन्कोर’ले २ अर्ब ८१ करोड ९० लाख रुपैयाँको आर्थिक प्रस्ताव हालेकोले ५१ करोड १० लाख रुपैयाको भारी अन्तरले पछाडि छ । यसअघि कोन्कोर प्रमुख साझेदार रहेको कम्पनी हिमालयन टर्मिनल्समार्फत वीरगन्जको सुक्खा बन्दरगाह संचालनमा थियो । कोन्कोर भनेको भारतीय रेल्वेको भगिनी संस्था हो । नेपाल इन्टर मोडेल यातायात बिकास समितिका कार्यकारी अधिकृत नवराज ढकालले मूल्यांकन प्रक्रिया केही बाँकी रहेको बताएका छन् । प्रिस्टाइन लजेस्टिकले संचालन जिम्मा लिएको करिब पहिलो वर्ष ३३ करोड ३३ लाख, दोस्रो वर्ष ४० करोड ८३ लाख, तेस्रो वर्ष ५३ करोड ३३ लाख, चौथो वर्ष साढे ६७ करोड र पाँचौं बर्ष साढे ८२ करोड रुपैयाँ दिने प्रस्ताव हालेको हो । यसरी सो कम्पनीले ३ सय ३३ करोड रुपैयाँ सकार गरेको हो ।

तेस्रो मुलुकसंगको ब्यपारको लागि रेल संजालमार्फत भारतीय बन्दरगाहसंग जोडिएको नेपालको एक मात्र संरचना सुक्खा बन्दरगाह वीरगन्जको नयाँ संचालन टेन्डर प्रक्रिया ६ महिना अगाडि सुरु भएर आइतवार आर्थिक प्रस्तावना खोलिएको हो । सुक्खा बन्दरगाह संचालन अन्तरगत ‘आइसिडि’ (इनल्याण्ड कन्टेनर डिपो) र मालवाहक रेल आवागमन ब्यवस्पाथन तथा संचालन गर्नु पर्ने हुन्छ ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App