२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कालिकोट पहिरोमा ज्यान गुमाउनेको संख्या १० पुग्यो (अपडेट)

कालिकोेट जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा आएको सुख्खा पहिरोमा परि मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ। दुई जना सामान्य घाइते भएका छन्। आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले तीन घर पुरिएका थिए। निषेधाज्ञाका कारण बजार बन्द हुुने भएकोले सबै घरपरिवार घरमै बसेका थिए। त्यसैले पहिरोमा ठूलो क्षति भएको हो।

पहिरोले काखको दुधे बालक खोस्यो

पहिरोले कालिकोटको तिलागुफा नगरपालिका–१ को नाग्म बजारका चार घर पुर्दा दुई महिने बालकसहित आठ जनाको मृत्यु भएको छ । पहिरोमा पाँच जना भन्दा धेरै पुरिएको अनुमान स्थानीयले गरेका छन् ।

कालिकोटमा पहिरोले पाँच घर बगायो, एकको मृत्यु

कालिकोटको तिलागुफा नगरपालिका–१ को नाग्म बजारमा पहिरोले घर पुर्दा एकको मृत्यु भएको छ। दुई जनाको प्रहरीले उद्दार गरेको छ । आइतबार विहान साढे सात बजेतिर ३० मिटर माथिबाट आएको पहिरोले पाँच घर पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

पाकिस्तानमा भिषण बाढी पहिरो, ३० जनाको मृत्यु

बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन्।

लिदी पहिरोपीडितलाई स्थानान्तरण गरिँदै

पहिरोपछि एक सय ७२ घरधुरीको लिदी गाउँ जोखिममा परेको छ। पहिरोपछि पीडितले आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए। बस्तीका सबै एक सय २१ पीडित परिवारलाई तत्कालका लागि अस्थायी रूपमा स्थानान्तरण गरिने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। विपद् व्यवस्थापन समितिले शिविर बनाउन आवश्यक पर्ने त्रिपाल, अस्थायी शौचालय र खानेपानीका सामग्री बाँसखर्कमा पठाइसकिएको जनाएको छ।

लिदी पहिरो: मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।

बस्ती नसारिदिँदा सधैं पहिरोको जोखिम

२०७२ वैैशाखमा गएको भूकम्पका कारण उत्तरी धादिङका बस्ती थिलोथिलो बने। भौगोलिक बनावटअनुसार ठूला भीर, पाखा र पहाड रहेको उत्तरी धादिङमा हरेक वर्ष पहिरोको बिपत्ति निम्तिँदै आएको छ।

जथाभावी खनेको सडकले बगायो गाउँ

प्राविधिकले अध्ययन नगरी डोजर चालकको डिजाइनमा निर्माण गरिएको सडकले गाउँ विस्थापित बनाएको पीडितले बताएका छन्।

बाढीपहिरोले २० ठाउँमा राजमार्ग अवरुद्ध

बाढी–पहिरोले क्षतिग्रस्त देशभरका २० वटा सडक खण्ड अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । कतिपय ठाउँमा सवारी आवागमन ठप्प छ । सडक विभागका अनुसार गत असारदेखि भदौ ३ गतेसम्म विभिन्न राजमार्ग अन्तर्गतका दुई सय एक सडक बाढी–पहिरोले अवरुद्ध भएका छन् ।

बाढीपहिरो पीडितलाई सहयोग

सिन्धुपाल्चोकको दुगुनागढी, फुङ्मचे लार्चा १० किलो, तातोपानीलगायतका ६० परिवार विस्थापितलाई लायन्स क्लब अफ काठमाडौं आधार र लायन्स क्लब अफ काठमाडौं अर्पणले विभिन्न सहयोग उपलब्ध गराएका छन् ।

लिदी पहिरोमा मृतकको संख्या २२ पुग्यो

अविरल वर्षासँगै शुक्रबार बिहान पहिरोले जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँका ३७ घर पुरेको थियो। पहिरोमा ३९ बेपत्ता भएका थिए। घटना भएकै दिन बेपत्ता भएकामध्ये ११ को शव भेटिएको थियो। शनिबार थप सात जनाको शव फेला परेको थियो।

लिदी पहिरो पीडितलाई आर्थिक राहत

लिदी पहिरोका पीडित परिवारलाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिले आर्थिक राहत र किरिया खर्च उपलब्ध गराएका छन् । त्यस्तै स्थानीय तहलेसमेत पीडित परिवारलाई धमाधम आर्थिक सहायता दिने घोषणा गरिरहेका छन् ।

म्याग्दीको अर्मनमा पहिरोले ठाडो खोला थुनियो

जिल्लाको मंगला गाउँपालिका–५, अर्मनको हिलावाङमा पहिरो जाँदा हिलबाङ खोला थुनिएको छ । अर्मनका पाखु सामुदायिक बनबाट खसेको पहिरोले एक्कासी ठाडो खोला थुनिएपछि स्थानीय त्रसित भएका छन् । करिब डेढघण्टा अगाडी पाखु सामुदायिक बनबाट खसेको पहिरोले थुनिएको खोलामा पानीको पोखरी बनेको वडा अध्यक्ष भुपेन्द्र बहादु खत्री क्षेत्रीले बताए ।

बैतडीमा पहिरो जाँदा दुई घर विस्थापित

बर्षाले पहिरो जाँदा बैतडीको सिगासमा गाउँपालिका–७ न्यौलालीमा दुुई घर विस्थापित भएका छन्। हरिशचन्द्र अवस्थी र रामबहादुर ऐरको घरपरिवार विस्थापित भएको हो। शनिबार राति परेको बर्षाले सिँचाइ कुलो भत्किँदा घर अगाडिबाट पहिरो गएकाले दुवै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

अजिरकोटमा पहिरोले पाँच परिवार विस्थापित

लगातारको वर्षा पछिको पहिरोले घर बगाएपछि गोरखाको अजिरकोट गाउँपालिका १ धनसिरा साउनेपानीमा पाँच परिवार विस्थापित भएका छन्। दिनदिनै वर्षात भईरहेकाले अन्य घर पनि जोखिममा परेको गाउँपालिका उपाध्यक्ष चन्द्रा गुरुङले बताईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्