८ वैशाख २०८१ शनिबार
राजनीति

म्याग्दीको अर्मनमा पहिरोले ठाडो खोला थुनियो

खोलाको माथिबाट खसेको पहिरो । तस्बिर सौजन्य : करण कँडेल

जिल्लाको मंगला गाउँपालिका–५, अर्मनको हिलावाङमा पहिरो जाँदा हिलबाङ खोला थुनिएको छ । अर्मनका पाखु सामुदायिक बनबाट खसेको पहिरोले एक्कासी ठाडो खोला थुनिएपछि स्थानीय त्रसित भएका छन् । करिब डेढघण्टा अगाडी पाखु सामुदायिक बनबाट खसेको पहिरोले थुनिएको खोलामा पानीको पोखरी बनेको वडा अध्यक्ष भुपेन्द्र बहादु खत्री क्षेत्रीले बताए ।

‘आसपासको क्षेत्रमा बस्ती छैन्,‘तत्काल पानी बग्ने सम्भावना छैन,‘तल्लो क्षेत्रमा पानीको बाहबले असर गर्न सक्छ’ वडा अध्यक्ष क्षेत्रीले  भने । खोलामा थुप्रिएको माटोको नजिक पानीको सतह पुग्ने अवस्थामा रहेकाले विस्तारै बग्नेमा खतरा टर्ने बताए ।पहिरोस्थलमा बावियाचौरबाट प्रहरीको टोली समेत प्रस्थान गरेको छ ।  

त्यस्तै पहिरोबाट खोलामा परेको असरका बारेमा जानकारी लिन पिपलबोट, पाखु, कुर्सिला र हिलवाङबाट समेत टोली गएको छ । खोला थुनिएपछि थुनिएपछि कुर्सिला र खारापानीका करिब ६० घरधुरी त्रसित बनेका छन् । पहिरो माथि हिलवाङ गाउँ छ भने तल्लो तटीय क्षेत्रको खोला आसपासका क्षेत्रमा बस्ती रहेको छ । साँझ ७ बजेसम्म खोला थुनिएको आसपासको क्षेत्रमा पहिरो  खस्ने क्रम जारी रहेको स्थानीय यूवा करण कँडेलले बताए । उनका अनुसार करिब ३० मिटर पानी थप्रिएको  अनुमान गरिएको छ । 

हिलवाङ पश्चिम  हुदै बग्ने म्याग्दी खोलामा मिसिन्छ । साविकको अवस्थामा पानी नबगेसम्म स्थानीयलाई सजग रहन अनुरोध गरिएको छ। ढुंगा र माटोले खोला थुनेकाले खोला बग्ने आसपासका क्षेत्रमा कटानको जोखिम रहेको छ । गाउँपालिका भित्रका ५ वडामध्ये अर्मन बाढीपहिरोको धेरै जोखिम क्षेत्र मानिन्छ । भिरालो जमिन, कमजोर माटोमा भूमिगत पानीका कारण अर्मनका विभिन्न बस्तीहरू पहिरोको जोखिममा छ भने केही स्थानीयल विस्थापित जिवन विताइरहेका छन् ।

प्रकाशित: १ भाद्र २०७७ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App