coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीपहिरो पीडितलाई सहयोग

सिन्धुपाल्चोकको दुगुनागढी, फुङ्मचे लार्चा १० किलो, तातोपानीलगायतका ६० परिवार विस्थापितलाई लायन्स क्लब अफ काठमाडौं आधार र लायन्स क्लब अफ काठमाडौं अर्पणले विभिन्न सहयोग उपलब्ध गराएका छन् । केही समयदेखि आएको बाढीका कारण विस्थापित भई सुक्खा बन्दरगाहमा बसोबास गरिरहेका करिब एक सय ५० जनालाई चामल, नुन, तेल, चिनी, दाल र साबुनलगायत सामग्री वितरण गरिएको हो ।

२०७२ सालको भूकम्पदेखि नै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका सबैभन्दा प्रभावित बन्दै आएको छ । यही ठाउँमा यस वर्ष बाढीपहिरोले एक सय ९१ घरपरिवार विस्थापित भएका छन् । उनीहरूको पीडा र बिचल्लीमा थोरै भए पनि आफूहरूले सानो प्रयास गरेको लायन्स क्लब अफ काठमाडौं आधारकी भाइस प्रेसिडेन्ट तथा बाढीपीडित राहत संयोजक गेल्मु शेर्पा बुढाथोकीले बताइन् । 

प्रकाशित: ३ भाद्र २०७७ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App