२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लिदी पहिरो: मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता

लिदि, नाम्फाका पहिरो पीडितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षित स्थानको खोजी गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायत। तस्वीर: रासस

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।  

पहिरामा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ। पहिरामा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए। 

प्रकाशित: ६ भाद्र २०७७ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App