१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बैतडीमा पहिरो जाँदा दुई घर विस्थापित

बर्षाले पहिरो जाँदा बैतडीको सिगासमा गाउँपालिका–७ न्यौलालीमा दुुई घर विस्थापित भएका छन्। हरिशचन्द्र अवस्थी र रामबहादुर ऐरको घरपरिवार विस्थापित भएको हो। शनिबार राति परेको बर्षाले सिँचाइ कुलो भत्किँदा घर अगाडिबाट पहिरो गएकाले दुवै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सिद्धराज अवस्थीले बताए। 

अन्य ७ घर पनि पहिरोको जोखिममा रहेका छन्। यसका साथै लगातारको बर्षाले सोही ठाउँमा रामसिंह ऐरको ३ रोपनी जमिन बगाएको अवस्थीले बताए।  यस्तै न्यौलालीमा रहेको नहर पनि बगाएको छ। पहिरो गएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

प्रकाशित: ३२ श्रावण २०७७ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App