२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लिदी पहिरो : मृत्यु हुने १८ पुगे, अझै २१ जना बेपत्ता

लिदी पहिरोमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार थप सात शव फेला परेपछि मृतकको संख्या बढेको हो । पहिरोमा अझै २१ स्थानीय हराइरहेका छन् ।

बाढीपहिरोको उच्च जोखिममा मंगलाघाट बजार

गए रातीदेखि परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दीको सदरमुकाम बेनीबजारका ८ घरमा क्षति गरेको छ । बस्तीभन्दा माथिबाट खसेको बाक्लो लेदोसहितको ढुङ्गामाटो पहिरोले बेनी नगरपालिका–७, मंगलाघाटका करिब १० घरमा क्षति पुर्याएको हो । बाढीपहिरोले मङ्गलाघाटका रुद्रबहादुर सुनारको घर तथा जीवन सापकोटाको ग्यारेजमा क्षति गरेको स्थानीय पुष्पा खड्का थापाले बताईन् ।

लिदी पहिरो : थप पाँच शव भेटियो, मृतक १६ पुगे

लिदी पहिरोमा शनिबार थप पाँच शव फेला परेको छ । योसमेत लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

लिदी पहिरो : ११ शवको अन्तिम संस्कार

जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । पहिरोमा अझै २७ हराइरहेका छन् ।

लिदी पहिरोः मृतकको संख्या १२ पुग्यो, २७ अझै बेपत्ता (अपडेट)

जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। पहिरोमा अझै २७ हराइरहेका छन्। पहिरोमा शनिबार थप एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुल्न सकेको छैन।

सरकारले सुनेनः एक महिनाअघि लिदीवासीले जे सोचेका थिए, शुक्रबार त्यही भयो

ब्रह्मायणी नदी किनारमा बलेफी ‘ए’ जलविद्युत् आयोजना बन्दै छ। लिदी गाउँको ठीकमुनि आयोजनाले सुरुङ खनेको छ। सुरुङ खन्ने क्रममा गराइएको विस्फोटले जमिन चर्केको ठानेका लिदीवासी त्रसित थिए। गत असार तेस्रो साता बस्तीमाथिबाट लिदी गाउँमा पहिरोसमेत खस्यो। पहिरोले दुई घरमा क्षति पुग्यो।

लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो। सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति टार्न सकिएन। स्थानीयवासीले पहिले नै जोखिममा रहेको भन्दै बस्ती स्थानान्तरणको माग गरे पनि त्यो सफल नहुँदा क्षति हुन पुगेको छ।

पहिरोले खोस्यो खुशी

कालिकोटको महावै गाउँपालिका–३ नकु गाउँका रजबहादुर र डिलबहादुर विष्ट दुई दाजुभाई हुन् । दुबैको आँगन जोडिएको छ । दुबै दाजु–भाईका छोराछोरी सुर्खेत र नेपालगञ्जमा सँगै अध्ययन गर्ने भएकाले विदामा घर जाँदा पनि उनीहरु छुट्टिदैनन् । बन्दाबन्दीका कारण सुर्खेतमा अध्ययनरत रजबहादुरका १८ वर्षीय छोरी सविना, १३ वर्षीय पुष्प, ११ वर्षीय प्रविण विष्टसँगै डिलबहादुरका १९ वर्षीया छोरी शान्ति र १० वर्षीया रेशा विष्टसँगै घर पुगे ।

लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुग्यो

जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँमा पहिरोमा परी ज्यान गुमाउनको संख्या ११ पुगेको छ । थप ६ को शव भेटिएपछि मृतकको संख्या बढेको हो । यसअघि पाँच शव फेला परेको थियो ।

पहिरोले छिया–छिया पार्‍यो गुल्मीका गाउँ

यो वर्षको वर्षाका कारण पहाडी क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ। अविरल वर्षापछि आएको पहिरोका कारण सिंगो गाउँ नै विस्थापित भएको छ।

लिदी पहिरो: पाँच जनाकाे शव निकालियो,एकै परिवारका सात जनासम्म बेपत्ता (अपडेट)

ठूलो मानवीय क्षतिको अनुमान गरिएको लिदी पहिरोबाट पाँच जनाको शव निकालिएको छ। दुई महिला, दुई पुरुष र एक बालकको शव पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ।

लिदी पहिरोः घटनास्थलमा सभामुख(फोटो फिचर)

सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोको निरीक्षण गर्न प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन्। काठमाडौंबाट हेलिकप्टरमार्फत उनी लिदी पुगेका हुन्।

लिदी पहिरो पीडितको बयान– ३० घरको नामाेनिशान छैन, ३७ जना सम्पर्कविहिन (अपडेट)

लिदी पहिरोका गम्भिर पाँच घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले दुई खेपमा उद्धार गरेर सदरमुकाम चौतारा लगेको छ। अरु १५ घाइते भने गाउँमै छन्। पहिरोमा शरीर दरखरिएका उनीहरुको अवस्था सामान्य नै छ।

लिदी पहिरोः नेपाली सेना घटनास्थलमा, सभामुख सापकोटा चौतारा पुगे (अपडेट)

जुगल गाउँपालिका–२ गोल्चे लिदीमा पहिरोले ठूलो जनधनको क्षति पु-याएको खबरपछि हेलिकप्टरबाट घटनास्थल पुगेको नेपाली सेनाले घाइतेको उद्धार थालेको छ।

सिन्धुपाल्चोकमा पहिरोले दर्जन घर पुर्‍यो, ठूलो मानवीय क्षतिको आशंका

जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा अबिरल वर्षापछिको पहिरोले कम्तिमा एक दर्जन घर पुरेको छ। पहिरोमा धेरै मानवीय क्षतिसमेत भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्