२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भक्तपुरमा बजार अनुगमन : आफै मूल्यसूची राखेर सामान बेच्दै सेल्सबेरी

दैनिक उपभोग्य सामानमा समेत पसलैपिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ। अनुगमन टोलीले विभिन्न सामानहरुको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ

प्रशासनको आदेशप्रति राजनीतिक दलको बेवास्ता

‘नेकपा एमालेको असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको छ,’ उनले भने, ‘न्यूनतम उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पालना गरेर महाधिवेशन गर्न भनेका छौं।’

बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट

बजार अनुगमनको क्रममा म्याद गुज्रेका झण्डै १ लाख ५० हजार बराबरको सामान जफत गरेर जलाइएको थियो।

काठमाडौँ जिप्रकाद्वारा ७ वुंदे आदेश, आदेश उलंघन गरे कारबाही

जिप्रका काठमाडौंले भोलि बिहीबारबाट लागू हुने गरी ७ वुंदे आदेश जारी गरेको हो। कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिप्रका काठमाडौँले असोज १ गतेबाट लागू हुने गरी आदेश जारी भएको सूचनामार्फत् उल्लेख गरेको छ।

पुल सम्पन्न नहुँदा चार महिलाको मृत्यु: ठेकेदारलाई पक्राउ गर्न प्रशासनको निर्देशन

खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले त्यहाँ निर्माणाधीन पुलका ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने आदेश जारी गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १७ गतेदेखि लागू हुने गरी उपत्यकाका फिल्म हल पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न आग्रह

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण तथा जोखिमको दर उच्च भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत तरिकाले सांकेतिक रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेका थिए।

बेलुका ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक, भदौ ८ सम्म निषेधाज्ञा जारी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा बेलुका ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

६३५ मेगावाट क्षमताको दूधकोसी जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु

प्रशासनले जग्गा प्राप्तिको प्रकृया थालेसँगै असार २३ गतेदेखि प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनैपनि संरचना बनाउने वा थप्ने कार्य नगर्न/नगराउन भनेको छ।

फुटसल सञ्चालन गर्न पाउनुपर्ने मागसहित सिडिओलाई ज्ञापन पत्र

हाल निषेधाज्ञामा केही खुकुलोपन आई सहजता देखिएकोले फुटसलले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको व्यवसायाीहरुले बताएका छन्।

प्रशासनले भन्यो ‘लगातार पानी परिरहेको छ, सावधान हुनू’

निरन्तर वर्षा भइरहेकोले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जोखिमपूर्ण स्थानमा रहेका बासिन्दालाइ चनाखो हुन,सावधानी र होसियारी अपनाउन अपिल गरेको छ।

गोरखामा केही खुकुलो गरी एक साता थपियो निषेधाज्ञा

दैनिक उपभोग्य खाद्यान्न, फलफूल, दूध, माछा, मासुलगायत अत्यावश्यक पसलहरु बिहान ५ देखि ११ बजेसम्म खुल्नेछन् भने यसअघि बन्द रहेका स्टेशनरी, फेन्सी, फर्निचर, मोवाईल, इलेक्ट्रोनिक्स, सुनचाँदी, लगायतका पसल बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्न पाउनेछन्।

जुम्लामा समुदायस्तरमा कोराेनाः दुई वडा सील

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै जुम्लाका दुई गाँउ सील गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्