८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

गोरखामा केही खुकुलो गरी एक साता थपियो निषेधाज्ञा

गोरखामा निषेधाज्ञा एक साता लम्बिएको छ। यसअघि असार १२ गते शनिबारसम्मलाई लागू गरिएको निषेधाज्ञा १९ गतेसम्म थप गरिएको हो। शुक्रबार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।  

दैनिक उपभोग्य खाद्यान्न, फलफूल, दूध, माछा, मासुलगायत अत्यावश्यक पसलहरु बिहान ५ देखि ११ बजेसम्म खुल्नेछन् भने यसअघि बन्द रहेका स्टेशनरी, फेन्सी, फर्निचर, मोवाईल, इलेक्ट्रोनिक्स, सुनचाँदी, लगायतका पसल बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्न पाउनेछन्।  

जिल्ला प्रशासन, मालपोत, र नापी कार्यालय बाहेकका सरकारी कार्यालयले न्यूनतम कर्मचारी खटाई सुरक्षित भएर सेवा प्रवाह गर्नेछन्। शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निजी र सार्वजनीक यातायातका साधन भने संचालन गर्न नपाइने निर्णय गरेको छ।  

बैठकले उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्शलाई आफ्ना व्यापारी व्यवसायीलाई पसल खोल्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउन अनुरोध गर्ने निर्णय गरेको छ। पालना गरे नगरेको अनुगमन पनि हुने डिसिसिएमसीले निर्णय गरेको छ। गोरखामा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो।

प्रकाशित: ११ असार २०७८ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App