१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राहदानी पुर्‍याउने जिम्मा हुलाकलाई

अब राहदानी विभागबाट जारी भएका राहदानीहरू ओसारपोसारको काम हुलाक कार्यालयहरूले गर्ने भएका छन्। राहदानी विभागका महानिर्देशक डोरप्रसाद अर्याल र हुलाक सेवा विभागकी महानिर्देशक आभा कर्णबीच बुधबार राहदानी जिल्ला जिल्लामा पुर्‍याउने विषयमा समझदारी भएको हो।  

दुई विभागबीच भएको समझदारीअनुसार अब राहदानी विभागबाट जारी भएका राहदानी जिल्ला प्रशासन कार्यालयहरूले सम्बन्धित जिल्ला हुलाक कार्यालयहरूबाटै बुझ्न सक्नेछन्। समझदारीपत्र अनुसार आगामी असोज १ गतेदेखि पहिलो चरणमा जारी भएका राहदानीका पुलिन्दाहरू पूर्वपश्चिम राजमार्गमा रहेका हुलाक कार्यालयहरूमा ओसारपोसार हुनेछ। त्यसपछि यो सेवा क्रमशः सबै जिल्लामा विस्तार हुनेछ। कुनै जिल्लामा पठाउन कठिन भए विभागले तोकेका आसपासका जिल्लाका कार्यालयहरूको समेत राहदानी पठाइनेछ। योसँगै जिल्ला प्रशासन कार्यालयहरूलाई राहदानी लिन आइरहनुपर्ने झण्झट समेत हटने भएको छ। जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत हुलाक कार्यालयबाट राहदानी बुझेर सम्वन्धित नागरिकलाई वितरण गर्नेछन्। विभागकी महानिर्देशक श्रेष्ठले हुलाक सेवालाई आधुनिक र व्यावसायिक बनाउन यो निर्णय कोशेढुंगा भएको बताइन्। ’अहिले हुलाकको संस्थागत क्षमता वृद्धि गरी नागरिकता, राहदानीलगायतका सरकारी कागजातहरू जनताको घरदैलोमा पुर्‍याउने हाम्रो लक्ष्य छ।’  

सरकारले आर्थिक बर्ष २०७७/०७८ को बजेट बक्तव्यमा हुलाक सेवालाई पुनर्संरचना गरी आधुनिक र व्यावसायिक  बनाउने लक्ष्य लिएको छ। देशभर बृहत् सञ्जाल रहेको हुलाक सेवामा छ हजार निजामति सहित १६ हजार जनशक्ति कार्यरत छन्।  

प्रकाशित: २५ भाद्र २०७८ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App