coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बेलुका ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक, भदौ ८ सम्म निषेधाज्ञा जारी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा बेलुका ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जारी निषेधाज्ञा थप कडा पार्दै भदौ ८ गतेसम्मका लागि थपिएको छ।

प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारी साधनको आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो।  

स्थानीय ढुवानीका सवारी साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म चलाउन नपाइने तर अत्यावश्यक सवारी साधन भने जुनसुकै बेला पनि चलाउन पाइने प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७८ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App