coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

काठमाडौंमा साउन २७ गतेसम्म निषेधाज्ञा थप

जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको उल्लेख छ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।

यस्तै, शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाइने आदेशमा उल्लेख छ।

 

प्रकाशित: १९ श्रावण २०७८ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App