७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौँ जिप्रकाद्वारा ७ वुंदे आदेश, आदेश उलंघन गरे कारबाही

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ७ वुंदे आदेश जारी गरेको छ। जिप्रका काठमाडौंले भोलि बिहीबारबाट लागू हुने गरी ७ वुंदे आदेश जारी गरेको हो। कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिप्रका काठमाडौँले असोज १ गतेबाट लागू हुने गरी आदेश जारी भएको सूचनामार्फत् उल्लेख गरेको छ।

जारी आदेशमा शैक्षिक संस्थाहरु(विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने र गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिहरुले विद्यालय सञ्चालन पूर्व आआफ्नो पालिकासँग समन्वय गर्नुपर्ने, आनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कन नपाइने, सभा, जुलुस गर्न नपाइने, जात्रा महोत्सव भोज गर्न नपाइने उल्लेख छ।

त्यस्तै स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्ममात्र गर्न पाउने आदेशमा उल्लेख छ।

सो आदेश उलंघन गरे कारबाही समेत गर्ने काठमाडौँ जिप्रकाले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७८ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App