२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फुटसल सञ्चालन गर्न पाउनुपर्ने मागसहित सिडिओलाई ज्ञापन पत्र

नेपाल फुटसल व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ।फुटसल व्यवसायीहरुको सो छाता संगठनले कोभिड १९ को कारण फुटसल व्यवसायीमा परेको असरलाई मध्यनजर राख्दै फुटसल सञ्चालन गर्न पाउनुपर्ने माग राखी ज्ञापन पत्र बुझाएको हो।

कोभिडका कारण विगत २ महिनादेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्रले बाध्य भई आफ्ना क्रियाकलापलाई बन्द गर्न बाध्य भएकोमा हाल निषेधाज्ञामा केही खुकुलोपन आई सहजता देखिएकोले फुटसलले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको व्यवसायाीहरुले बताएका छन्। 

सबै वर्ग, समूहका लागि शारिरीक, मानसिक स्वास्थ्यसँग जुटेको फुटसल ठूलो लगानी गरी खोलिएकोले लामो समयसम्म संचालनमा नआएका कारण बैंक ब्याज, कर्मचारीको तलबलगायत विभिन्न आर्थिक ब्ययभार बहन गर्नु पर्नाका कारण ठुलो क्षति व्यहोर्नु बाध्य भएकोले राज्यले तोकेको मापदण्ड पूरा गरी फुटसल संचालन गर्न पाउनु पर्ने संघको माग छ। 

प्रकाशित: २४ असार २०७८ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App