१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य जारी

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमवार नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता रहेकाले उनको खोजी कार्य आज पनि जारी रहेको प्रहरीले जनाएको छ।

धोबीखोलामा १४ रोपनी जग्गा अतिक्रमण: खाली गराउन सरकारको बेवास्ता

काठमाडौं उपत्यका विकास प्राधिरकरणले धोबीखोला खोलाको दायाँ–बाँया किनारामा १३ रोपनी १२ आना दुई दाम सरकारी जग्गा विभिन्न व्यक्तिले निजी प्रयोग गरी अतिक्रमण गरेको रिपोर्ट निकालेको छ।

पूर्वमन्त्रीद्वयलाई उन्मुक्तिको आशंका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा राजनीतिक नेतृत्वलाई जोगाएर कर्मचारीलाई मात्रै मुद्दा लैजाने तयारी गरेको छ।

काब्रो टिप्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

काब्रो टिप्ने क्रममा करेन्ट लागेर कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका ल्याब टेक्निसियनको मृत्यु भएको छ।

राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनको प्रभाव खोज्दै सेना

जलवायु परिवर्तन २१ औँ शताब्दीको जल्दोबल्दो समस्या हो भन्ने कुरामा कसैको दुई मत नहोला। विश्वको जुनसुकै भूगोलमा पनि जलवायु परिवर्तनले प्रभाव पारिरहेको छ।

जुम्लामा धान दिवस आज : मार्सी धानको बिउ राखिँदै

जुम्लामा आज धान दिवस । चैत्र १२ देखि २० सम्म यहाँ धान दिवस मनाउने प्रचलन छ। सोहीअनुसार जिल्लामा आजदेखि ९ दिनसम्म धान दिवस मनाउन लागिएको हो।

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए।

बन्दाबन्दै भत्कियो मधुवनी–सुपौल कोशी पुल

भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले बिहारको सुपौल जिल्लामा कोशी नदीमा निर्माण गरिरहेको पुलको एक भाग भत्किँदा एकजना मजदुरको मृत्यु भएको छ।

कर्मचारीविहीन जिसस

७७ वटै जिल्लामा जिल्ला समन्वय समन्यव समिति (जिसस) अधिकारी उपसचिवसरहको कर्मचारी रहने व्यवस्था छ। तर ८० प्रतिशतभन्दा बढी जिल्लामा उपसचिवहरू जान मान्दैनन्, यसबाट अधिकांश जिल्लामा तल्लो तहको कर्मचारीले निमित्त चलाएका छन्।

युवाले गरे संसदीय अभ्यास

रौतहटको दुर्गा भगवतीमा युवाहरूले संसदको अभ्यास गरेका छन्। संसद् सञ्चालन प्रक्रियादेखि कानुन निर्माणसम्म विभिन्न विषयमा युवाहरूले संसदीय अभ्यास गरेका हुन्।

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

एउटा इँटा उद्योगमा पोल्नलाई ठीक पारिएको करिब १२ लाखको इँटामा क्षति पुगेको व्यवसायीको दाबी छ।

पेट्रोलियम पाइपलाइन अनुदानमा भारतको आनाकानी

दुईवटा पेट्रोलियम पाइनलाइन र इन्धन भण्डारणस्थल निर्माण गरिदिने सम्झौताअनुसार भारतले करिब १७ अर्ब रूपैयाँ अनुदान दिन आनाकानी गरेको छ।

दण्डहीनताको पराकाष्ठा

जिल्ला प्रशासन कार्यालयहरू र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यति सामान्य कुरामा पनि ध्यान नदिँदा यतिखेर करिब पाँच लाख नेपालीको परिचय नै खल्बलिने क्रममा पुगेको छ।

कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्