१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य जारी

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी छ। कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमवार नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता रहेकाले उनको खोजी कार्य आज पनि जारी रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीका अनुसार सोमवार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाहरूको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्न खोजेको थियो। तर, सामूहिक रूपमा तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ।

कर्णाली नदीमा हाम फालेका युवकहरूको भिडियो यतिबेला विभिन्न सामाजिक सञ्जालमा पनि भाइरल बनिरहेको छ। भिडियोमा उनीहरूले नदीमा हाम फालेको प्रस्ट देख्न सकिन्छ। हाम फालेका १७ जनामध्ये १६ जना भने सकुशल बाहिर निस्केका छन्।

यसअघि आइतवार उदयपुरमा सुन नदीमा होली खेलेर नुहाउन गएका ३ जना बालबालिका पनि बेपत्ता भएका थिए।

प्रकाशित: १३ चैत्र २०८० ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App