१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

युवाले गरे संसदीय अभ्यास

रौतहटको दुर्गा भगवतीमा युवाहरूले संसदको अभ्यास गरेका छन्। संसद् सञ्चालन प्रक्रियादेखि कानुन निर्माणसम्म विभिन्न विषयमा युवाहरूले संसदीय अभ्यास गरेका हुन्।

१६ वर्षदेखि २४ वर्षसम्मका ३२ जना युवाको सहभागिता रहेको कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहको विधानसभा, राज्यका प्रमुख तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच सन्तुलन तथा शक्ति पृथकीकरणबारे अभ्यास गराइएको छ। 

यसैगरी गाउँ सभाको बनोट, क्षेत्रअधिकार, सञ्चालन कार्यविधिका साथै नमुना गाउँपालिका युवा संसदको अभ्यास, राष्ट्रिय युवानीति २०७२ र युवा भिजन २०२५ लगायतको विषयमा सहभागीहरूलाई अभ्यास र जानकारी गराइएको छ।

दुर्गा भगवती गाउँपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको समन्वय र सहकार्यमा सरस्वती मावि पिपरा भलोहियामा भएको गाउँ नमुना युवा संसद् अभ्यासमा गाउँपालिका अध्यक्ष शम्भु सिंहका साथै राष्ट्रिय युवा परिषदका मोड्ड नइम राइन र आँचल रायको सहभागिता रहेको थियो।

प्रकाशित: १२ चैत्र २०८० ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App