२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

काब्रो टिप्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

काब्रो टिप्ने क्रममा करेन्ट लागेर कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका ल्याब टेक्निसियनको मृत्यु भएको छ।

दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय देवराज बिकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो।

अस्पतालको हाता भित्र रहेको काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक हरि बहादुर ओलीले बताए।

घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: १२ चैत्र २०८० १८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App